राजनीति

माअाेवादी जनयुद्धमा जब बाबुराम मारिने अवस्थामा पुगे, वर्षाैँ पछिकाे खुलासा

माअाेवादी जनयुद्धमा जब बाबुराम मारिने अवस्थामा पुगे, वर्षाैँ पछिकाे खुलासा
कारवाही गरेर बन्दी बनाइएपछि पनि बाबुराम भाग्न सक्छन् अथाव दुस्मनले हेलिकप्टर लिएर लैजान सक्छ जस्ता उटपट्याङ हल्ला चलाइयो । जनसेनालाई थप सर्तक गराइयो । ठाउँ ठाउँमा पूरै चेक गर्न लगाइयो । बाबुरामलाई पीपलएभित्र माया गर्ने पनि थिए, उनीहरुले यस्तो सूचना दिन्थे । Dr Baburam Bhattarai तपाईंको हतियार खोस्न भनेको छ हामीलाई, भाग्न सक्छ वा दुस्मन लिन आउन सक्छ, सर्तक हुनुपर्छ भनेको छन् भन्दै जनमुक्ति सेनाका केही लडाकूले सुनाएपछि बाबुरामको जवाफ हुन्थ्यो – अहिले बुद्धिमा बिर्काे लागेको छ, पछि बुझ्छन् । कारबाही गरेपछि बैठकबाट निस्केका बाबुरामलाई मिरुल पु¥याइयो । बैठक सकेर प्रचण्डहरु आएपछि बाबुराम, हिसिलालगायतलाई दुम्लानजिकै पु¥याइयो । बाबुराम भट्टराई आफ्नै पार्टीको बन्दी बनिसकेका थिए जुन पार्टीमा उनले २० वर्षभन्दा बढी लगानी गरेका थिए, जीवन अर्पेका थिए, अन्ततः त्यहप् पार्टीले उनलाई थुन्यो । दीनानाथ शर्मा र हिसिला यामीको हालत उस्तै थियो । एउटा कुर्सी र एक बाकस किताब साथमा लिएर हिँडेका बाबुरामलाई हिउँले ढाकेका पहाडहरु छिचोेल्दै २०६१ माघ २५ मा रोल्पाको मिरुल गाउँ पु¥याइयो । –शर्मा, २०७०) प्रचण्डले बाबुरामलाई कहिल्यै कटु शब्द बोलेनन् । प्रचण्डको आफैँले केही नभन्ने तर अरुलाई उचाल्ने शैली थियो । बुलुकी रक्सी खाएर मनपरी बोल्ने प्रचण्डको बानी छ, उनका नजिककाले त्यही सिकेर त्यसै अनुसार व्यवहार गर्थे । झट्ट हेर्दा प्रचण्डले अति शिष्ट व्यवहार गरे भन्ने देखिने तर उनका नजिकका मान्छे वा परिवारका सदस्यले अत्यन्त दुस्मनीपूर्ण टिप्पणी गरेको देखिने, यो कसरी भयो भन्ने शंका गर्थे, पछि थाहा भयो । प्रचण्ड रक्सी खान्छन्, मनपरी बोल्छन्, अरु त्यही सिक्छन् । तर, प्रचण्ड र मेरो प्रत्यइा त्यसरी कटु कुराकानी भएन, बाबुराम भन्छन् – ‘उनी दोहोरो व्यवहार गर्थे ।’ यस बारेमा प्रचण्डको भनाइ भने फरक छ – ‘साँचोचाहीँ त्यति धेरै होइन । उहाँसँग वैचारिक मतभेद सुरुदेखि नै भयो । तर, फेरि उहाँ चाहिन्छ आन्दोलनमा भनेर बढी सोच्ने मै थिएँ । बाबुरामलाई जसरी पनि लिएर जानुपर्छ भन्ने मैले हो । मैले नजिकका साथीहरुसँग अलिकति वैचारिक कुरा गर्दा ‘अलिकति हुने’ त सामान्य भयो होला तर त्यही कारणले उहाँलाई प्रताडित गरियो भन्ने सत्य होइन ।’ ‘म एउटा सिनियर लिडरलाई त्यसरी कारबाही गरिने होइन, पहिले त त्यो गलत हो, दोस्रो कुरा युद्धमा दुस्मनको घेराबन्दीमा छौँ, मलाई त प्रचण्डकै हाराहारीमा मान्थे मान्छेहरुले, अझ कैयौँले त मलाई बढी चिन्थे, मलाई ठूलो खतरा थियो । मलाई त प्रचण्ड कै हाराहारीको सुरक्षा दिनुपथ्र्यो । यसै पनि उनको भन्दा कम सुरक्षा दिइएको थियो, त्यो पनि झिकियो’ बाबुराम भन्छन् – ‘कुनै पनि मान्छेले मारिदिन सक्थे मलाई, त्यो त चरम लापरबाही थियो ।’ बाबुरामलाई कारबाही गरेपछि राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर फैलियो । यसै बेला माओवादीले खारा आक्रमणको तयारी गरिरहेको थियो । आक्रमणको तयारीका लागि दुम्लावरिपरि अभ्यास भइरहेको थियो । यसैबेला बाबुरामलाई बन्दी बनाएको खबर बाहिर आएपछि प्रचण्डले ‘होइन’ भनेर समाचारको खण्डन गर्न बाबुरामलाई दबाब दिए । बाबुराम भन्छन् – ‘होइन भनौँ, त्यत्रो अपमान गरेको छ, बन्दी बनाएको छ, हो भन्दा पनि उपुक्त नहोला भन्ने बीचको बाटो अपनाएर वक्तव्य निकालेँ । अश्वत्थामा हतोहतः शैलीको वक्तव्य दिन बाध्य भएँ ।’ ‘म सुरक्षित छु, खतरा छैन भनेर वक्तव्य निकाल्न प्रचण्ड र उनी नजिकका नेताहरुले दबाब दिइरहेका थिइ । यत्रो आक्रमण गर्न गइरहेका छौँ, जनसेनाको मनोबल उठाउनुपर्छ, समाचारको खण्डन गर्नपु¥यो भन्ने निर्देशन थियो । आन्दोलनलाई घाटा पार्न म पनि चाहँदैनथेँ । प्रचण्डले मूर्खता गरेका छन्, धैर्य गर्नुपर्छ, बेलामा चेत्छन भन्ने मेरो बुझाइ भएकाले बीचको भाषामा म आफैँले लेखेर वक्तव्य दिएको हुँ ।’ बाबुरामले पुराना दिन सम्झिए । ‘जनमुक्ति सेनाका भरपर्दाे सुरक्षा घेराभित्र पाउँदा हामीलाई कुनै प्रकारको ग्लानि होइन, असीम गौरव र आनन्दको अनुभूती भइरहेछ’ भन्दै बाबुरामले घुमाउरो शैलीमा आफूलाई बन्दी बनाइएको सन्देश पनि ‘दबाबमा निकालिए’को वक्तव्यमा दिएका थिए । कारबाहीमा परेका बाबुरामलाई कुनै सुरक्षा दिइएको थिएन । केही दिनपछि प्रचण्डसँग कुरा भएपछि केही लडाकू खटाइएको भए पनि बाबुरामलाई जनसेनाको घेरामा राखिएको थिएन । सरकारी सुरक्षाकर्मी छिरेको भए बाबुरामलाई सजिलै पक्रिन वा हत्या गर्न सक्थे । बाबुरामले ‘जनुमक्ति सेनाको भरपर्दाे सुरक्षा घेराभित्र रहन पाउँदा’ भन्दै वक्तव्य दिएपछि प्रचण्ड दबाबमा परे । सरकारी सुरक्षाकर्मी पसेर बाबुरामको हत्या गरे पनि वा जो कसैले बाबुरामको हत्या गरे पनि प्रचण्डले मारेको सन्देश जाने स्थिथि उत्पन्न हुन्थ्यो । त्यसपछि प्रचण्डले बाबुरामको सुरक्षामा ध्यान दिए । ‘बाबुरामलाई ज्यादै अपमानजनक तरिकाले राखियो ।’ स्वकीय सचिव विश्वदीप पाण्डे भन्छन् – ‘गण्तन्त्र नल्याउँदासम्म जे पनि सहन पर्छ । आवेगमा आएर केही निर्णय गर्न हुँदैन, ’ बाबुरामले त्यसबेला आफूसँग भनेका कुरा सम्झिन्छन पाण्डे । बाबुरामको अनुभव छ – ‘प्रचण्डको शैली अत्यन्त महत्वकाङ्क्षी छ र सत्ताबाहेक केही होइन भन्ने छ । सत्ताबाहेक आफू केही हुन्नँ भन्ने भित्र हीनताबोध र बाहिर महत्वबोध उनको जुन देखा पर्छ, त्यो दोहोरो चरित्र छ ।’ बाबुरामलाई कारबाही गरेपछि प्रचण्डले उनका विश्वासपत्र कृष्णबहादुर महरालाई दिल्ली पठाए । जनयुद्ध सुरु भएको वर्षपछि २०५३ सालमा केन्दीय समिति सदस्य भएका महरालाई २०४८ सालदेखिका केन्द्रीय टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटालाई भन्दा वढी भूमिका र स्थान दिइएको थियो बाबुराममाथि गरिएको कारबाही सही भएको र मोहन वैद्य र सीपी गजुरेललाई जेलबाट छुटाउने दुई उद्देश्य लिएर महरा दिल्ली गएका थिए । दिल्ली गएका महराले बाबुरामविरुद्ध ‘बदमासी’ गरे । भारतमा पढेका बाबुरामको एउटा तप्कामा राम्रो चिनाजन थियो, यस्तै देशभित्र पनि युद्धकालमा देवेन्द्रराज पाण्डे, हृषीकेश शाह, दमननाथ ढुङ्गानालगायतसँग उनको सम्पर्क हुन्थ्यो । जनयुद्धमा ओपन फेस बाबुरामकै थियो, जुन प्रचण्डपक्षीय नेताहरुलाई मन पर्दैनथ्यो । भारत पुगेका महरालाई भारतीय र नेपालीहरुले चासोपूर्वक बाबुरामका बारेमा सोधे । बाबुराम भन्छन् – ‘ओपन फेस त मेरो हो, मलाई पार्टीभित्र बन्दी बनाइएको खबर सार्वजनिक भएपछि स्वतः सबैलाई सोध्छन्’ बाबुरामलाई सोधेको महरालाई मन परेन । त्यही कुरालाई महराले बङ्ग्याए र स्वदेश फर्केपछि बाबुरामलाई छोडेपछि भारतले वैद्यलाई छोड्छौँ भन्यो भनेर प्रस्तुत गरे । त्यसैलाई आधार मानेर ‘बाबुराम भारतको दलाल भएको पुष्टि भयो’ भनेर पार्टीभित्र व्यापक प्रवाह गरे । केही दिनपछि हुन गइरहेको खारा आक्रमणका लागि जनसेनालाई उक्साउन बाबुरामलाई कारबाहप् गरेर ठीक गर्यौँ भन्ने प्रचार सबैतिर गरियो । ’समय आएपछि प्रक्रिया पुर्याएर वैद्य र गौरवलाई छोड्छौँ‘ भनेका कुरा र ‘बाबुरामको खबर के कस्तो छ ?’ भनी सोधेको दुई अलग अलग कुरालाई महराले मिसाएर बङ्ग्याई प्रस्तुत गरेका थिए । बाबुरामको ठहर छ – ‘हेर्दा भलादी देखिने तर भित्रभित्र खतरनाक व्यक्तित्व छ महराको ।’ यतिबेलै बाबुरामलाई लगाएको आरोप टेप खारा आक्रमणका क्रममा नेपाली सेनाको हातमा पुग्यो । र, उक्त टेप बाबुरामलाई प्रचण्डले संसदवादी दलहरुसँग वार्ताको वातावरण बनाउन दिल्ली पठाएका बेला सेनाले सार्वजनिक गरिदिएको थियो । ‘फरक विचारलाई भौतिक ढङ्गले सफाया गर्ने स्टालिनको पालादेखिको कम्यनिस्ट आन्दोलनको कमजोर पक्ष हो । उग्र, भ्रष्ट, उदण्ड पात्र वढी भक्त हुन्छन् । त्यसलाई हामीले आलोक प्रवृति पनि भन्छौँ,’ बाबुराम भन्छन् – हुन त आलोक प्रवृत्ति भने पनि आखिर प्रचण्डसँग जोडिएको त हो । आलोक प्रचण्डभन्दा त्यति बाहिरका त हैनन् । हिजोका आलोकदेखि अहिलेका शालिकग्राम जम्मरकट्टेलसम्म एउटै प्रवृत्ति छ, त्यसैले मैले नेतृत्वको शैलीमा प्रश्न उठाउँदै आएको छु ।‘ ‘बाबुरामलाई उक्साएको भन्दै मलाई पनि कारबाही गरे । बिल्कुल गैरराजनीतिक काम गरे,’ कारबाहीपछि हिसिलाले भनेकी थिइन् – ‘मलाई २१ औँ शताब्दीको सती बनाइएयो,’ बाबुरामलाई कारबाही गरेपछि जनमुक्ति सेनलाई पनि बाबुरामविरुद्ध भड्काउने काम गरियो । ‘बुक फिलोसोफी’ र ‘लाइफ फिलोसोफी‘को चर्चा चलाइयो । बाबुरामहिसिला पढेलेखेका, उनीहरुले किताबी दर्शन मात्र जान्दछन् तर हामीले जीवन दर्शन बुझ्छौँ । वर्ग संघर्ष, प्रत्यक्ष लडाइँ हाम्रो दर्शनहो भन्द्यै प्रचण्डलगायतका नेताहरुले जनमुक्ति सेनालाई बाबुरामविरुद्ध भड्काउँथे । ‘यिनीहरु पढेलेखेका भन्द्यै होच्याएर जमुक्ति सेनालाई हेला गर्छन, केही नजानेका छन् भन्छन् जस्ता प्रचार गरेछन्’ काठमाडौं कुलिन वर्गमा जन्मे हुर्केकी, बेलायत र भारतबाट पढेर आए पनि जनयुद्धमा हाम फालेकी हिसिला भन्छिन् – यस्ता गैरराजनीतिक कुरा देख्दा मलाई दिक्क लाग्यो,’ बाबुराम नजिकका नेताहरुलाई मात्र होइन, सामान्य कार्यकर्ता र जनमुक्ति सेनालाई टुथेपेस्ट, ब्रसका लागि दिइने १ सय ५० रुपैयाँ दिन रोक लगाइयो । यस्तै भूगोलमा काम गर्ने बाबुराम पक्षका नेता–कार्यकर्तालाई दैनिक खर्च दिन रोक लगाइयो । अनिल थापाद्वारा लिखित अविरल बाबुराम पुस्तककाे पार्टीभित्रै बन्दी शीर्षकअन्तरगतकाे अंश यहाँ प्रस्तुत गरिएकाे हाे ।  बाबुरामलाई जिउँदै गाड्ने यस्तो थियो योजना बाबुरामले असहमतिका लिखित बुँदा रोल्पाको खरिबोटमा लगेर प्रचण्डलाई बुझाएका थिए । यस घटनापछि नन्दकिशोर पुन ‘पासाङ’, रवीन्द्र श्रेष्ठहरुले बाबुरामलाई ‘जिउँदै खोल्डोमा पुर्ने’ कुरा गरे । प्रचण्ड पनि बाबुरामलाई कुनै न कुनै रुपले भौतिक यातना दिने सोचाइमा पुगेका बेला रवीन्द्र, पासाङहरुको यस्तो प्रस्ताव आएको थियो । बाबुरामले आफूहरुको तयारी चाल पाउन सक्ने भएकाले त्यतापट्टि शङ्का नहोस् भन्ने हेतुले प्रचण्ड, प्रचण्ड–पत्नी सीता र पासाङ बाबुरामलाई भेट्नसमेत गए । त्यसै बेला पूर्वी कमान्ड सम्हालेका रामबहादुर थापा ‘बादल’ रोल्पा आइपुगे । रोल्पा पुगेका बादलले बाबुरामलाई भौतिक सफाया गर्ने तयारी चलेको थाहा पाएपछि त्यसमा असहमति जनाए । ‘बाबुरामलाई कुटपिट वा मार्ने प्रयास भयो भने ठूलो गल्ती हुने’ बादलको चेतावनी थियो । विप्लवको यसमा न समर्थन थियो, न त विरोध नै । ‘बादलकै कारण बाबुराममाथिको भौतिक कारबाहीको तयारी रोकियो ।’ त्यसपछिको लाबाङ बैठकमा प्रचण्डले भनेका थिए–‘बाबुराम त बाठो छ, यो कुरा थाहा पाएर कतै स्वाठ्ठै नेपाल छाडेर गए त अर्को सङ्कटमा पर्छु म, त्यसैले बाबुरामलाई यस्तो षड्यन्त्र गर्दैछन् है भन्ने भ्रम नपरोस् भनेर सीता, पासाङ र म बाबुरामकहाँ गयौँ, त्यो मैले गल्ती गरेँ ।’ प्रचण्डले त्यति बेला भनेको कुरा मणि थापा स्मरण गर्छन–‘साथीहरुले त्यस्तो सोचे । त्यसलाई मैले गलत हो भन्न सकिनँ, म पनि कन्भिन्स–कन्भिन्सजस्तो हुन खोजेँ ।’ तर २०७३ असार ३१ गते यस पंक्तिकारसँगको भेटमा प्रचण्डको भनाइ बेग्लै थियो–‘पार्टीको त्यस्तो योजना कहिल्यै रहेन । पार्टीले उहाँलाई भौतिक रुपले सफाया गर्ने योजना बनाएको भए त क्षणभरमै उहाँ सिद्धिने स्थिति हुन्थ्यो । बचाएको पार्टीले नै हो । वैचारिक–राजनीतिक मतभेद भयो भन्दैमा यस्तो सोच्नु हुन्न भनेर पार्टीले उहाँलाई बचाएको हो । अझ मैले नै बचाएको हुँ ।’ तर बाबुराममाथिको कारबाही फुकुवा भएपछि प्रचण्डले नै त्यो कुरा उनलाई सुनाएका थिए । ‘साथीहरुले त्यतिबेला जिउँदै पुर्नुपर्छ, छोड्नुहुन्न भनेका थिए, मैले मानिनँ ।’ प्रचण्डले सुनाएको यो प्रसङ्ग बाबुराम अहिले पनि सम्झिन्छन्–‘फरक मत लेखेर दिँदैमा जिउँदै गाड्नेसम्मको तयारी गर्ने कस्तो अपराधपूर्ण सोच थियो पार्टिभित्र,’ बाबुराम गम्भीर हुन्छन्–‘कस्तो स्कुलिङ होला ?’ केही व्यक्ति बाबुरामलाई सफाया गर्नुपर्छ भनेर लागेको कुरा प्रचण्ड पनि घुमाउरो पारामा स्वीकार्छन्–‘केहीकेही साथीले त्यतिबेला यस्तो अवसरवादी व्यक्तिलाई त सफाया गर्नुपर्छ पनि भन्थे । त्यो भन्नेमा रवीन्द्र श्रेष्ठ थिए ।’ असहमतिका ती बुँदा बाबुराम सार्वजनिक गर्न चाहन्थे । तर, कसैसँग भेटघाट गर्न नपाउने गरी ‘बन्दी बनाइएका’ कारण सार्वजनिक गर्न सकेका थिएनन् । बाबुरामले आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेलाई उक्त कुरा बताए । त्यसै बेला बाबुरामका भाइ शिवप्रसाद पनि रोल्पामै थिए र त्यहाँबाट फर्किने तयारीमा थिए । रोल्पाबाट भारत हुँदै काठमाडौँ आउने ‘रुट’ थियो उनको । विश्वदीपले उपाय निकाले–१३ र चार बुँदा रेकर्ड गर्ने । खोलसहितका हिन्दी गीतका क्यासेटमा विश्वदीपले १३ र चार बुँदा पढेर रेकर्ड गराए । कागजपत्र बोकेर हिँड्दा सुरक्षा खतरा हुने ठानेरै यसो गरिएको थियो ।  २०६१ मंसिरको एक दिन बिहान १० बजे रोल्पाबाट हिँड्ने तयारी थियो शिव र विश्वदीपको । तर साढे ९ बजे बाबुरामले विश्वदीपलाई भने–‘मलाई मार्ने सम्भावना बढी छ । मारे भने साक्षी कोही पनि हुँदैन, भो तपाईँ बस्नूस् । टेप शिवसँग पठाइदिनूस् ।’ प्रचण्डहरुले आफ्नो हत्या गर्नेमा बाबुराम लगभग निश्चित रहेछन् । अनिल थापाद्वारा लिखित अविराम बाबुराम पुस्तकको जिउँदै पुर्ने कुरा शीर्षकअन्तरगतको अंश यहाँ प्रस्तुत गरिएको हो ।    

abiram baburam anil thapa Dr Baburam Bhattarai Maobadi Janyoudha pm puspa kamal dahal prachanda Prachanda

विशेष