राजनीति

माधवकुमार नेपाललाई जे ठान्नुहोस् केही छैन, तर उनले बोले हरेक नेपालीले जान्नै पर्ने कुरा

माधवकुमार नेपाललाई जे ठान्नुहोस् केही छैन, तर उनले बोले हरेक नेपालीले जान्नै पर्ने कुरा

Madhav_Kumar_Nepal2तपाई प्रधानमन्त्री भएपछि फास्ट ट्रयाक हामी आफैंले बनाउँछौ भन्नुभयो, ओली सरकारले पनि त्यही भन्यो, तर अहिलको सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिले त्यो हामी बनाउँदैनौं, भारतले बनाउँछ भन्नुभयो । यसबारेमा तपाईको प्रतिक्रिया के छ ?

फास्ट ट्रयाक बनाउने निर्णय शिलान्यास गर्ने काम म प्रधानमन्त्री भएको बेला गरेको हुँ । त्यही बेला यसको अन्तर्राष्ट्रिय टेन्डर दिएर डिपिआर तयार गर्ने काम थालियो । तर सरकार परिवर्तन भएपछि यो काम अगाडि बढ्न सकेन । सुशील कोइराला नेतृत्वको सरकारले जुन सर्तमा जुन कम्पनीलाई दिन खोज्यो त्यो देशको अहितमा थियो ।

त्यसमा देशलाई नै ध्वस्त पार्ने अकूत भ्रष्टाचारको योजना थिए । शुरुदेखि नै मैले त्यसको विरोध गरेँ । हाम्रो पार्टीले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गर्यो । अहिलेका प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकोले अलिकति आशा जगाएको छ । तर कांग्रेसभित्र देशभक्तिको भावना छँदैछैन ।

यो भित्र भ्रष्टाचारबाहे अरु केही छैन । भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन कांग्रेसभित्रका केही मानिस लागि रहेको देखिन्छ । असी, पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्याएर दिन खोजियो । यसको सर्तअनुसार त्यो ट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैन । दस हजाको संख्यामा बाहन नचले त्यसको क्षतिपूर्ति सरकारले दिन्छ भनेर जुन सम्झौता गर्न खोजिएको छ त्यो गलत छ ।

यति मात्रै होइन त्यो बनाउँदै नबनाउने र नेपाललाई यस्तै ढंगले पिछडिएको अवस्थामा राख्ने अंग पनि हो । नेपालको विकास नहोस भन्ने देशद्रोही पनि नेपालमा छन् । यो राजनीतिमा र कर्मचारी तन्त्र दुवैमा छन् । उनीहरुले नेपालाई फाइन हुने कुनै पनि काम गदर्न दिँदैनन् । जहाज किन्न, बाटो बनाउन, रेल्वे बनाउन केही पनि गर्न दिँदैनन् ।

यसै कारण कुनै पनि काम नेपालले गतिलो गरी गर्न सकेको छ्रैन । दसवटा ठूला सहर बनाउने भनियो तर एउटा पनि बनेन । एउटामा भए पनि काम शुरु भए हुन्थ्यो नी । त्यो पनि भएको छै । त्यसैले हाम्रो काम गराइर्एमा सम्पूर्ण रुपमा समीक्षा गर्न जरुरी छ । म अहिलेका प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाई देशभक्तिको भावना लिएर अगाडि बढ्नोस, देशको हितमा काम गर्नेहरुलाई अगाडि बढाउनुहोस्, देशको अहितमा काम गर्ने र देशको हितमा घात गर्ने तत्वमाथि निगरानी बढाउनुहोस् तिनीहरुलाई दण्डित गर्ने काम गर्नुहोस् ।

(अन्नपूर्ण पोस्ट्मा प्रकाशित एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अन्तर्वार्ताबाट)

विशेष