भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीसँग एजेन्डा नै छैन
भदौ २० । भारत भ्रमणमा निस्कने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयलाई भ्रमणको एजेन्डा तय गर्न निर्देशन दिएका छन् । उनले आइतबार परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवसँग छलफल गर्दै आफ्ना मन्त्रालयका तर्फबाट भ्रमणका लागि प्रस्ताव ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लका अनुशार प्रधानमन्त्री दाहालले भ्रमणका विषयमा प्रारम्भिक चरणको छलफल गरेका हुन् । ‘प्रारम्भिक छलफलमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयलाई भ्रमणको एजेन्डामा प्रस्ताव ल्याउन भन्नुभएको छ । ’ उनले भने । नागरिक दैनिकबाट