राजनीति

सपना देखाएर युवालाई मार्न र मर्न उक्साए, अहिले बाबुराम भन्छन्, –ती पूरा हुने सपना हैन प्रचारमात्रै थिए

सपना देखाएर युवालाई मार्न र मर्न उक्साए, अहिले बाबुराम भन्छन्, –ती पूरा हुने सपना हैन प्रचारमात्रै थिए

Dr Baburam Bhattaraiभदौ २० । जनयुद्धको घोषणापूर्व ५२ सालमा बुझाएको ४० बुँदे मागलाई बाबुराम भट्टराईले प्रचारकालागि मात्रै भएको उल्लेख गरेका छन् ।

संयुक्त जनमोर्चाका तर्फबाट भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका धेरै माग अहिले पनि पूरा भएका छैनन् । प्रधानमन्त्रीको कुर्सीमा आफै बस्दा पनि माग पूरा गर्न नसकेपछि अहिले ती मागलाई बाबुरामले प्रचारकालागि भनेका छन् । भट्टराइको जीवनमा आधारित ‘अबिराम बाबुराम’मा यस्तो लेखिएको छ ः

‘जनयुद्ध शुरु गर्न माओवादीले जनतालाई सूचित गर्न चाहन्थ्यो । विभिन्न समस्या देखिएका बेला त्यसको मौका छोपेर जनयुद्धको सान्दर्भिकता पुष्टि गर्ने र खबर गरेर जनयुद्ध शुरु गर्ने उसको योजना थियो । टनकपुर सन्धि भएको बेला थियो, राष्ट्रियताको मुद्धा निकै उठेको थियो ।

जनयुद्धको घोषणापत्रमा माओवादीले ४० सुत्रीय माग तत्कालीन सरकारलाई बुझायो । २०५१ सालको चुनावपछि बनेको एमालेको अल्पमतको सरकारलाई विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले २०५२ भदौ १२ गते पुनस्थापना गरिदिएपछि बनेको कांग्रेसको शेरबहादुर देउवा नेतृत्व्को सरकारसमपक्ष २०५२ माघ २१ गते संयुक्त जनमोर्चाले ती माग बुझाएको थियो ।

अध्यक्ष बाबुराम भट्टराईले ४० सुत्रीय मागको मस्यौदा तयार गरेका थिए । ४० सुत्रीय माग जनयुद्धको अघोषित घोषणापत्र थियो । बाबुराम भन्छन्, ‘ती माग पूरा हुँदैनन् भन्ने माओवादीलाई थाहा थियो । त्यसैले प्रचारात्मक रुपमा मात्रै ती माग अघि सारेका थियौं ।’

विशेष