देश समाज

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

Road Nepal

भदौ २० । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ ।

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नगराउँदा सवारी चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ ।

जिल्लाको दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१-७२ मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो । दुवै निर्माण कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिए । तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो ।

Road in Nepal

विशेष