राजनीति

निजी स्वर्थलाई समावेश गर्न संविधान संशोधन हुँदैन - अाेली

निजी स्वर्थलाई समावेश गर्न संविधान संशोधन हुँदैन - अाेली
kp-sharma-oli-nepalaaja भदौ – २० । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश स्वदेश फर्किएका छन् । अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षण गरेर थाइल्याण्डबाट फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै ओलीले  दवाव र वहकाउनमा परेर र निजी स्वर्थलाई समावेश गर्न मुलुकलाई नोक्सान हुने गरी संविधान संशोधान नहुने बताए । उनले संबिधान गतिशील दस्तावेज भएको र बिगतमा पनि थुप्रैपटक संशोधन भएको बताए । अब के का लागि संशोधन गर्ने हो ? ओलीको प्रश्न थियो । संचारकर्मीहरुलाई अहिलेसम्म संबिधान संशोधनबारे केहि ठोस् प्रस्ताव नआएको पनि उनले स्पस्ट पारे । ओली पत्नी राधिका, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र निजि सचिव राजेस बज्राचार्यसहित अघिल्लो हप्ता नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड गएका थिए ।

KP Sharma Oli Nepali Rajniti

विशेष