विचित्र विश्व

भाईरल भएको जीवित गणेशको तस्बिर

भाईरल भएको जीवित गणेशको तस्बिर
भदौ – २० । आज गणेश चथुर्तिको दिन एउटा तस्विरले भाईरल भएको छ । जिवित गणेश भन्दै एकजना व्याक्तिले फेसबुकमा सेयर गरेको नक्कली फोटोले करौडौ मानिसलाई झुक्याएको छ । उक्त फोटो भारतको एक महिला सोनम शर्माले सेयर गरेकी हुन । उक्त फोटोमा ६६ हजार कमेन्ट ,९ लाख सेयर र ७ लाख भन्दा बडी लाईक आएको छ । Ganesh ji गणेश चतुर्थिलाई हात्तीको टाउको भएका भगवान श्री गणेशको जन्मदिन भने मानिन्छ । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा वा नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडि आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने“ । काठमाडौं लगायत देशका प्रमुख गणेश मन्दिरहरुमा आज भगवान् शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पुजा आराधनागर्दै मनाईन्छ । यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ । यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विशेषतः तराइक्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन तरकारी छिमेकिका करेसाबारीबाट या गोठवाट चोर्ने चलन छ । यस याममा हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरु आजको रात चोरिन्छ । एउटाको गोठबाट गाइगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने वा खेतमा वाली खानेगरि छोडिदिने, रुखहरु काटिदिने आदिजस्ता रमाइलोको नाममा उत्पट्याङ्ग हर्कतहरु पनि गरिन्छ ।

ganesh Jibit Ganesh ji

विशेष