राजनीति

दशैंको टीकाको दिन विप्लव माओवादीले चक्काजाम

दशैंको टीकाको दिन विप्लव माओवादीले चक्काजाम
भदौ – २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले दशै टीकाको दिन (असोज २५ गते) देशव्यापी चक्काजाम गर्ने भएको छ ।  ‘विप्लव’  माअाेवादीले साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर दशैंकाे दिन चक्काजाम गर्ने निर्णय गरिएको जानकारी दिएकाे हाे ।  Biplap उक्त पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी गराए। साथै विप्लव माओवादीले अन्य संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने जनाएको छ ।  त्यस्तै २२ गते विप्लव नेतृत्वले आफ्ना विभिन्न मागसहित सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ । भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम गरिएको पनि प्रवक्ता विश्वकर्माले पत्रकारहरुलाई जानकारी दिए।

biplab maobadhii Chakka Jam Dasai

विशेष