पहिलो हैन चौथो भेटमा बस्छ माया

‘मेरो त फस्र्ट साइटमै प्रेम भयो ।’ यो प्रसंग हामीले बारम्बार धेरैको मुखबाट सुन्ने गर्छौ । तर, हालै गरिएको एक अनुसन्धानले यो कुरा गलत साबित गरिदिएको छ । उक्त अनुसन्धानको अनुशार पहिलो हेराइमा माया हुँदैन । माया हुनका लागि एकअर्काले कम्तीमा पनि चार पटक भेट्नु पर्छ ।
यो नयाँ अनुसन्धान अमेरिकाको ह्यामिल्टन कलेजमा गरिएको हो । अनुसन्धानको लागि त्यहि कलेजको केहि विद्यार्थीलाई सहभागी गराएर उनीहरुलाई चारपटक विपरीत लिङ्गीको एउटै तस्विर देखाइयो । उक्त अनुसन्धानमा सहभागीले चौथो पटक ती तस्वीर हेरेपछि मात्र आफूमा प्रेमभाव जाग्न थालेको बताए ।
अनन्त यो अनुसन्धानले पहिलो भेटमा कुनै आकर्षण नभएपनि बारम्बार भेट हुँदा मानिसहरुमा प्रेमभाव जाग्ने बताउँछ ।
about love
love
