साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान
भदौ - २० । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।
साेमबार आयोजित दीक्षान्त समारोह–२०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताइन् । नेपालका विश्वविद्यालयले प्राविधिक, सीपमूलक, खोज तथा अनुसन्धानमूलक शिक्षा दिनुपर्नेमा जोड दिँदै उनले जल, जमिन र प्राकृतिक स्रोतको उचित प्रयोग गरी जीवनपयोगी शिक्षाको विकास गर्न आग्रह गरिन ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेले जीवनको भोगाइ, अनुभूति र समाजको यथार्थलाई साहित्यका माध्यमबाट राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
सो अवसरमा साहित्यकार घिमिरेको लिखित भावना पढेर सुनाइएकाे थियाे । “एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुङ्गा पढेँ, माटो पढेँ, सम्पूर्ण नेपालीको मन पढेँ, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु”, उनकाे लिखित भावनामा लेखिएकाे थियाे ।
हात, खुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकालबाट हुर्केकी घिमिरे विसं २०३७ असार २१ गते धनकुटामा जन्मेकी हुन् । घिमिरे साहित्य यात्रामा लागेको दुई दशक भएको छ । सो अवधिमा उनका कविता, निबन्धसङ्ग्रह लगायत १३ कृति प्रकाशन भइसकेको छ । निबन्धात्मक कृति ‘जीवन काँडा कि फूल’ कृतिबाट उनले मदन पुरस्कार समेत प्राप्त गरिसकेकी छन्।
bidhya debi bhandari
jhamak ghimire
puspa kamal dahal