राजनीति

संविधान संशोधनमा नेताहरुकाे जोड

संविधान संशोधनमा नेताहरुकाे जोड
भदौ - २० । नेपालकोे संविधान कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजाति, थारु, मुसलमान, नेवार लगायत संविधानप्रति असन्तुष्ट पक्षको भावना सम्बोधन हुने गरी संविधान संशोधन गर्नाको विकल्प नभएको औँँल्याइएको छ । Nepal ko Sambidhan 2072 काठमाडाैंमा आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले मधेसी जनताको मागलाई सम्बोधन गर्न ठूला तीन दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै बहिष्करणमा परेकाहरुको भावनालाई समेट्न पनि संविधान संशोधनको आवश्यकता रहेको बताए । नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले संविधान कार्यान्वयन गर्दै जानुपर्छ र जहाँ समस्या हुन्छ त्यहाँ संशोधन गर्न सकिने बताए । उनले संविधानको संशोधन गर्नुअघि के विषयमा संसोधन गर्नुपर्ने हो त्यो सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति गरेर नै संविधान संशोधन गर्नेतर्फ माओवादीले ध्यान दिइरहेको बताउँदै संविधानमा असहमति राख्ने अधिकतम समूहलाई मूल धारमा ल्याउन संविधान संशोधनको विकल्प नभएको बताए । मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चाले सरकारसँग ३६ पटक वार्ता गरे पनि निष्कर्ष ननिस्केको बताए।

Nepalko Sambidhan

विशेष