संविधान संशोधनको प्रस्ताव तयार नहुँदै मधेसी मोर्चामा विभाजन
भदौ २१ । संविधान संशोधनकालागि सहजीकरण गर्न मधेवादी दलले आन्तरिक रुपमा कार्यदल गठन गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित भएको छ ।
२८ दल आवद्ध संघीय गठबन्धनको आइतबार बैठकले संविधान संशोधनका लागि सहजीकरण संशोधन प्रस्ताव अघि बढाउन सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्य कार्यदल गठन गरेको थियो । कार्यदल गठन प्रक्रियालाई लिएर सात दलआवद्ध मोर्चा विभाजित भएको हो ।
मोर्चामा आवघ संघीय समाजवादी फोरम र राष्ट्रिय मधेस समावादी दल हावी भएर जबर्जस्ती उक्त निर्णय गरिएको भन्दै बहुसंख्यक मोर्चाका सदस्य विरोध जनाएका छन् । संविधान संशोधनलाई लिएर मोर्चा विभाजित भएपछि अब संविधान संशोधन प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने अन्यौल सिर्जना भएको छ । नागरिक दैनिकबाट