विकास गर्ने पैसा छैन भन्ने प्रचण्डले ८० अर्ब खर्च हुने कुरा हावामै बोलिदिए
भदौ २१ । भूकम्प प्रभावित क्षेत्रमा प्रमाणित लाभग्राहीलाई निजी आवास अनुदानबापतको रकमममा एक लाख रुपैयाँ थप्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणामा मुख्य सचिव सोमलाल सुवेदी अनविज्ञ देखिएका छन् ।
संसदीय विकास समितिको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले एक लाख रुपैयाँ अनुदान थप्ने विषयलाई चाँडै मन्त्रिपरिषदबाट निर्णय गराउने घोषणा गरेर हिँडेलगत्तै मन्त्रिपरिषद बैठकका निर्णय माइन्युट लेख्ने मुख्य सचिव सुवेदीले अनभिज्ञता प्रकट गरेका हुन् ।
समितिका सभापति रवीन्द्र अधिकारले भूकम्प प्रभावित क्षेत्रका लाभग्राहीलाई एक लाख रुपैया अनुदान थप्ने प्रधानमन्त्री दाहाले घोषणा कार्यान्वयनमा लैजान करिब ८० अर्ब रुपैयाँसहित पुनर्निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने क्रममा मुख्य सचिव सुवेदीले अनभिज्ञता प्रकट गरेका हुन् । अन्नपूर्ण पोस्ट्बाट