बालुवाटारमा अबैध बुहारीको आतंक
भदौ २१ । प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्डपुत्र प्रकाशकी कान्छी श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा माओवादी केन्द्रमा छोरा बुहारीको आतंक शुरु भएको छ ।
यसअघि प्रकाशले बिनालाई सिभिलहोमको अपार्टमेन्टमा राख्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै बिनालाई उनले पं्रधानमन्त्री निवासमा भित्र्याएर वैधानिकता दिएका हुन् । दोस्रो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेकोले प्रकाश र बिनाविरुद्ध बहुविवाह मुद्धा चल्न सक्छ । तर नेपाल यस्तो देश हो जहाँ ठूला व्यक्तिमाथि कानून लाग्दैन । अझै उनै प्रकाशले पछिल्लो समय देश चालउन थालेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवास बालुवाटामा प्रकाश र बिनाको गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । दृष्टि साप्ताहिकबाट