विचित्र विश्व

जीवित महिलालाई मृत घोषित

जीवित महिलालाई मृत घोषित

अमेरिकाको उताहा राज्य निवासी बारबरा मर्फीलाई सामाजिक सुरक्षा प्रशासन विभागले जिउदै मृत घोषणा गरेको छ ।

उनलाई आफू जिवित नरहेको कुरा त्यति बेला थाहा भयो जति बेला उनी नातिनीको साथमा रात्रिभोज खान रेष्टुरा गएकी थिइन् । उनले खाना खाइसकेपछि भुक्तानी दिने क्रममा जब क्रेडिट कार्डलाई अस्वीकार गरियो उनी चकित परिन् ।

उक्त घटनाको भोलिपल्ट बारबरा बैँक जादा थाहा भयो उनको बैँक खाता खारेज भइसकेको रहेछ । त्यस पछि उनी सामाजिक प्रशासन विभागमा पुगिन् । तर, त्यहाँ पनि पनि पस्न सकिनन् किनभने उनलाई दिइएको प्रवेश पासले काम गरेन् । उनी अहिले आफू नमरेको प्रमाण जुटाउन दौडधुप गर्दै छिन् ।

Live woman

विशेष