राजनीति

सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा फेरबदल गर्न हुन्न – मन्त्री केसी

सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा फेरबदल गर्न हुन्न – मन्त्री केसी
काठमाडौँ, २२ भदौ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले तराई–मधेसलाई उपेक्षा गरेर संविधानको कार्यान्वयन हुन नसक्ने बताएका छन् Arjun-narsing-kc नागरिक एकता समाजद्वारा निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उत्कृष्ट सेवा गर्नेे निजामती कर्मचारीलाई सम्मान गर्दै उनले भने  “नेपालको संविधानमा देखिएका अपूर्णता तथा असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दल एकै ठाउँमा बस्नुपर्छ र मधेसीलगायत आदिवासीलाई संविधानको परिधिभित्र ल्याउनुपर्छ ।” मन्त्री केसीले सङ्घीय संरचनाको निर्माणका क्रममा रहेको अहिलेको समयमा निजामती कर्मचारीलाई विधिको शासन प्रक्रियाभित्र रहने गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । मन्त्रिपरिषद्को परिवर्तनसँगै कर्मचारी तन्त्रमा फेरबदल गर्न नहुने उहाँको भनाइ थियो । जनताको काममा ढिलाइ नगर्न उनले कर्मचारीलाई आग्रह पनि गरे। नेकपा (एमाले)का नेता लालबाबु पण्डितले देश र जनताले भरोसा गरेको अधिकाँश कर्मचारी उत्साहहीन भएको आफू मन्त्री हुँदा अनुभव गरेको स्मरण गराए । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, आधिकारिक टेड युनियनका प्रथम अध्यक्ष पुण्यप्रसाद ढकाल, आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालगायत सहसचिव, उपसचिव, नायबसुब्बा, खरिदार तथा सवारी चालकलाई पनि सम्मान गरिएको थियो । रासस

Arjun Narshing KC

विशेष