विचित्र विश्व

संसारकाे सबैभन्दा धनि कुखुरा

संसारकाे सबैभन्दा धनि कुखुरा
hen बेलायतमा यस्तो कुखुरा छ । जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने , महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र नोकरचाकरको स्याहारसुसारमा रहने गर्दछ । यस कुखुरालाई कसैले साधारण कुखुरा भनेर काटेर खान सक्दैनन् । किनकी यसको सुरक्षामा बडीगार्ड समेत तैनाथ छन् । गिगुको मालिक बेलायतका धनाढ्य माइल्स ब्ल्याकवेल थिए । जसको सन् २००२ मा मृत्यु भइसकेको छ । गिगुको मालिकको मृत्यु भएको तीन साता पछि उनको मालिकनीको पनि मृत्यु भएको थियो । मृत्यु अघि नै ति धनाढ्य श्रीमान् श्रीमतीले गिगुको नाममा ट्रस्ट खोलेर सम्पत्ती दान गरेका थिए । त्यही सम्पत्तीमा अहिले गिगु विलासी जीवन बिताइरहेको छ ।

hen

विशेष