शंकर पोखरलेलको ट्वीटमा विश्भक्त दुलाल (आहुति) को कवितात्मक जवाफ
आहुति
म कालो छु तर म अँध्यारो होइन्
अँध्यारोको त कुनै रंग नै हुदैन्
म रंगीन छु रंगहीन होइन
अँध्यारोको त कुनै रङ्गै हुदैन् !
कालो छु वर्षा यामको बादलजस्तै
अझै त्योभन्दा गाढा गाढा कालो छु
शीरको तिम्रो केशजस्तै
अझै त्योभन्दा गाढा गाढा
उज्यालोमा भागीजाने म
त्यो अँध्यारो हुदै होइन्
रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन !
म कालो छु तर म अँध्यारो हुदै होइन् !
Bishwo Bhaka Dulal