कला साहित्य

चौधरी ग्रुपको कार्यक्रममा उपराष्ट्रपतिको मर्यादा उल्लंघन

चौधरी ग्रुपको कार्यक्रममा उपराष्ट्रपतिको मर्यादा उल्लंघन
nepali-award-satrughan-sinha-nepalaaja उपराष्ट्रपति भएपछि साझा छबी बनाएका नन्दबहादुर पुन चौधरी ग्रुपले प्रायोजन गरेको कार्यक्रममा मर्यादामा आँच आउने गरी प्रस्तुत भएपछि आलोचित भएका छन् । बुधबार उपराष्ट्रपति पुनकै लहरमा उभिएर भारतीय राजदुत, भारतीय कलाकार र व्यापारीले सँगै कितावको बिमोचन गरेका थिए । देशको दोस्रो बरियतामा रहेको सम्माननीय व्यक्तिलाई सहसचिवस्तरको राजदुत सरह प्रस्तुत गरिएको भन्दै आयोजकको आलोचना भएको छ । सँगै, मर्यादाको ख्याल नगरी कार्यक्रममा सहभागी भएको भन्दै पुन र उनको सचिवालयका बारेमा टिप्पणी भएको छ । एक कुटनीतिज्ञले भने, 'उहाँहरुलाई कुन कार्यक्रममा जाने र के गर्ने भन्ने बारेमा ज्ञान हुँदैन । आयोजकलाई त भारतीय कलाकार र राजदुत भनेपछि उपराष्ट्रपति कोही होइन भनेजस्तो देखियो ।' पुस्तक बिमोचन भनिएपनि सत्रुध्न सिंन्हाको बजारमा आइसकेको जीबनी बिमोचन गरिएको थियो । कितावको प्रचार गर्नका लागि स्टेज र उपराष्ट्रपतिको प्रयोग गरिएको प्रष्टै थियो । विज्ञापनकै लागि उपराष्ट्रपति पुन उपस्थित हुनु र उपराष्ट्रपतिको प्रोटोकल मिच्ने गरी आयोजकले तालिका बनाउनुलाई गम्भीर त्रुटीका रुपमा हेरिएको छ । स्टेजमा सिन्हाको हाउभाउले उपराष्ट्रपति पुन डोमिनेट भएका देखिन्थे । एलजी फिल्म अवार्डको प्रायोजक चौधरी ग्रुप हो । चौधरी ग्रुपले आफ्नो पहुँचको प्रयोग गर्दै सिन्हालाई बोलाएको थियो । चौधरी ग्रुपकै पहलमा उपराष्ट्रपति पुन निम्त्याइएका थिए ।

chaudari groupko program satrughan sinha in nepal

विशेष