राजनीति

संसद बैठकमा फाष्ट ट्रयाकको कुरा उठेपछि मन्त्री लेखक जवाफै नदिइ टाप कसे

संसद बैठकमा फाष्ट ट्रयाकको कुरा उठेपछि मन्त्री लेखक जवाफै नदिइ टाप कसे
Ramesh Lekhak भदौ - २३ । व्यवस्थापिका–संसद विकास समितिको बैठकमा काठमाडौँ–निजगढ द्रुतमार्ग (फाष्ट ट्रयाक) बारे सांसदहरुबाट प्रश्नको वर्षा भएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखक संसदको बैठक बीचमै छोडेर हिँडेका छन् । मन्त्री लेखक निर्धारित समय भन्दा आधाघन्टा ढिलो आएका थिए । उनले बैठकमा सांसद्हरुले उठाएका प्रश्नहरु आफुले विभिन्न माध्यमबाट थाहा पाएको भन्दै जवाफ दिएनन् । संसदमा सांसदहरु कडा रुपमा प्रस्तुत भएका थिए । फास्ट ट्रयाकको कुरा उठेपछि उनी जवाफ नदिइ टाप कसेका थिए । समितिका सभापति रविन्द्र अधिकारीले सबै नेपालीको चासोको विषय द्रुतमार्ग जस्तो महत्वपूर्ण विषयमा छलफल हुन लागेकाले मन्त्री लेखकलाई निर्धारित समयसम्म बस्न आग्रह गरे पनि सभापतिको आग्रहलाई अटेर गर्दै हिँडेका थिए । मन्त्री लेखक फास्ट ट्रयाकको मुद्दामा यसअघि पनि प्रश्न उठेपछि दुई पटक उत्तरै नदिई हिँडेका थिए । मन्त्री लेखक बाहिरिने क्रममा भने ‘आज म ब्यस्त भएको र यस्ता विषय बैठक बस्नु अघिजानकारी गराएर सल्लाह गरेर मात्र बोलाउने गर्नु ।’

bhautik yojana mantri BICC Ramesh Lekhak

विशेष