अभिलेख

कोटेश्वर बहुमुखी क्याम्पसमा पुगेर लालबाबुले भनेः भारतले नुन दियो भन्दैमा झुक्न आवश्यक छैन्

कोटेश्वर बहुमुखी क्याम्पसमा पुगेर लालबाबुले भनेः भारतले नुन दियो भन्दैमा झुक्न आवश्यक छैन्

सागर बुढाथोकी Lalbabu भदौ २४ । एमाले नेता तथा पुर्वप्रशाशन मन्त्री लालबाबु पण्डितले भारतको नुन खाएकै भरमा नुनको सोझो गर्नु नपर्ने तर्क गरेका छन । अनेरास्ववियु कोटेश्वर क्याम्पस इकाई कमिटिको २४ औं सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्र र राष्ट्रियताको लागि कोहीसंग पनि सम्झौता नगर्न आह्वान गरे ।

Babu Lal

‘देश छोडेर विदेश जाने र उतै पलाएन हुने प्रवृतीले देशको समृद्धी सम्भव हुदैन ।’ उनले भने ‘विदेशमा बस्ने र ग्रिनकार्ड लिने र आफ्नै देशको गाली गर्ने प्रवृती ठिक होईन ।’ क्याम्पसको तर्फबाट बोल्दै क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीले क्याम्पसमा पढ्न आउनै सम्पुर्ण विद्यार्थीहरुको भविष्य उज्वल मनाउन क्याम्पस सदैव तत्पर रहेको बताए । उनले क्याम्पसको नयाँ बन्ने भवनको निमार्णको लागी विद्यार्थी तथा विद्यार्थीनेताहरुलाईसहयोग गर्न आग्रह समेत गरे ।

Koteshwor Campus

कार्यक्रममा अनेरास्ववियु क्याम्पस इकाइ कमिटिका पुराना विद्यार्थी नेताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले आफ्नो प्रतिभा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । चर्चित कमेडियन राजा राजेन्द्र पोखरेलको उपस्थीतीमा कार्यक्रमको माहोल तातेका थियो ।

शुक्रबार भएकोे २४ औ सम्मेलनबाट कोटेश्वर बहुमुखी क्याम्पसमा नया कार्यसमीती गठन भएको छ । माधव अधिकारीको अध्यक्षतामा २१ सदस्यीय टोली गठन भएको हो  । कार्यक्रममा अनेरास्ववियुले क्याम्पसका उत्कृष्ट बिद्यार्थीलाई सम्मान तथा मेडल वितरण गरेको छ । नेता पण्डितले उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा मेडल वितरण गरेका हुन ।

Koteshwor

kot

_dsc0117

Lalll

Koteshor Campus Lalbabu Pandit

विशेष