नेपाल आज डट कमको आध्यात्मिक कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

भदाै - २५ । नेपाल आज डट कमले आर्ट अफ लाइफ विषयक आध्यामिक कार्यक्रम गरेको छ । काठमाडौंको भृकुटीमण्डप स्थित नेपल पर्यटन बोर्डको सभा हलमा तनावका कारण र मुक्तिका उपायका बारेमा एक दिने विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा हिन्दू विद्यापिठका प्रमुख डा. चिन्तामणी योगीले विशेष प्रवचन मन्तव्य दिएका थिए । उनले तनावको मुख्य कारण आफ्नै मन र नजिकका आफन्त रहेको औंल्याउंदै भावनात्मक एकतामा जोड दिएका थिए । सबैसँग प्रेमपूर्ण व्यवहार र बिनयशिल व्यवहार गर्न सके तनाव कम हुंने उनको सुझाव थियो ।
कार्यक्रममा हाँस्य कलाकार जितु नेपालले कलाकारिता र पत्रकारिताको महत्वका बारेमा प्रकास पारे । पत्रकारिताले सकारात्मक पक्षलाई जोड दिनुपर्ने उनको सुझाव थियो । राजनीति केन्द्रीत पत्रकारिताका कारण अन्य पक्ष ओझेल परेको कलाकार नेपालको टिप्पणी थियो । उनले नेपाली कलाकारलाई राज्य र समाजले हलुकारुपमा बुझेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘भारतीय कलाकार आउँदा यहाँ हुंने हर्षबढाईं देख्दा अचम्म लाग्छ ।’
कार्यक्रममा नेपाल आजका प्रबन्ध निर्देशक माधव गुरागाईले नेपाल आजलाई देशकै प्रतिष्ठित संचार माध्यमका रुपमा अघि बढाउने दृढता व्यक्त गरे ।
नेपाल आजका प्रधान सम्पादक नारायण पाैडेलले पत्रकारिताको दायित्व र प्रभावका बारेमा चर्चा गरे । उनले पत्रकारिताको छबी सकारात्मक बनाउन पत्रकारको छबी सफा हुनुपर्नेमा जोड दिए । पत्रकारिताले सृजनशील र संर्घषशील पात्रका कथा बाहिर ल्याउन सके सकारात्मक सन्देश जाने उनको भनाइ थियो । ‘नेपाल आज त्यस्तै पात्रहरुको खोजीमा केन्द्रीत छ । हामी व्यवसायिक पत्रकारिताको पक्षमा छौं । व्यवसायिकतासँग सम्झौता गर्न सकिन्न । ’ सम्पादक पौडेलको भनाइ थियो ।
कार्यक्रममा मर्चेन्डाइज पब्लिकेशनकी महाप्रबन्धक सुप्रिया शाक्य र आइएमइ रेमिटका रिलेसनशिप म्यानेजर राजु पौडेलले पत्रकारिता र व्यवसायको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि सांसद मोहनसिंह राठोरले हिन्दु विद्यापीठका संस्थापक डाक्टर चिन्तामणि योगीलाई सम्मान गरेका थिए ।
hope magazine
jitu nepal
Nepal aaja
paryatan board
















