राष्ट्रहितलाई प्राथमिकतामा राखेर सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्रीलाई एमालेकाे सुझाव

भदाै - २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको पहिलो प्राथमिकता राष्ट्रहितलाई राख्न सुझाव दिएको छ ।
एमाले स्थायी कमिटीको शनिबारको बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफलपछि उक्त निष्कर्षमा पुगेको हो ।
बैठकले भ्रमणका बेला राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउन नेपालका तर्फबाट उठाउनु पर्ने विषयबस्तुहरुबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
साथै उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर भ्रमणका क्रममा उठाउनु पर्ने विषयबस्तुबारे सुझाव दिने निर्णय गरेको छ ।
CPN UML
UML
