प्रधानमन्त्री प्रचण्ड आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन भारत जान लागे जस्तो
–यो गम्भीर विषय हो । यसमा सुधार हुन जरुरी छ । सरकारले राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकको राष्ट्रप्रमुख समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन गएझै सार्वभौम मुलुकका सरकार प्रमुखले एउटा भ्रमण भएको एक वर्ष नै नभई पुनः भ्रमणमा निस्कनु लज्जास्पद हो । यसलाई सुधार गर्न जुरुरी छ । त्यो अरुले होइन हामीले नै गर्ने हो । प्रधानमन्त्री स्तरको भ्रमण हुँदा निश्चित एजेन्डा तय हुनु पर्छ । सबै दलललाई विश्वासमा लिनु पर्छ , यद्यपि निर्णय सरकारको हुन्छ । तर दिल्ली दरबारमा ओहोदाको प्रमाणपत्र बुझाएझै जानुले मुलुकको हितभन्दा पनि स्वार्थ हावी हुन्छ । जुन असामान्य हो ।
यद्यपि हामीले प्रधानमन्त्रीस्तरबाट हुने छलफललाई आशंका भने गर्नु हुँदैन । त्यस्तै अहिले एजेन्डाबिना र समम्बन्ध सुधारकालागि भ्रमण गर्न लागिएको भनिएको छ, यो अमूर्त कुरा हो । यस्तो गर्नु हुँदैन । भ्रमण गर्ने विषयमा एउटा थिति बसाउन आवश्यक छ । निम्ता पाएपछि दौडिहाल्ने विषयलाई गम्भीर सम्बोधन आवश्यक छ । अहिले के त्यस्तो छ र दौडिहाल्नु पर्ने ? –कान्तिपुर दैनिकमा प्रकाशित पूर्वपरराष्ट्रमन्त्री कमल थापाको अन्तर्वार्ताबाट