प्रचण्डको भारत भ्रमणमा अनिष्ट सम्झौता हुने संकेतहरु
–द्विपक्षीय सम्बन्धमा आपसी हितका विषय नहुने कुरै आंउदैन । तर, सरकारप्रमुखको हैसियतमा नै गएर टुंगो लगानुपर्ने विषय भए जस्तो लाग्दैन । कतिपय विषयहरु विशेषदूत पठाइसकेपछि उहांँहरु मार्फत कुरा भयो होला, अनि सम्बन्धित मन्त्रालय वा निकाय मार्फत त्यसको सम्बोधन हुंदै गए सम्बन्धको नयाँपनमा जटिलता सकिँदै जानेछ । प्रधानमन्त्रीले आफू नियुक्त हुनेबित्तिकै दुवै मुलुकमा त्यो पनि आफूपछिको उपप्रधानमन्त्रीलाई दूतको रुपमा पठाउनुभयो त्यो पनि पत्रसहित । आफ्ना दूतलाई विश्वास नगरेर उहाँंले पत्र पठाउनुभएको पो हो कि ? यसमा शंका गर्ने धेरै विषय छन् । सन्तुलन गफले होइन कामले गर्न सक्नु पर्छ ।
जुन काम अघि बढेका छन् यसमा सरकार तयारीका साथ अघि बढ्न जरुरी छ । प्रधानमन्त्रीले विशेषदूत पठाउने, आफ्नो भारत भ्रमणको चारदिन अघि पुनः परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई भारत पठाउने अनि एजेन्डाविहीन भ्रमण गर्देछु भन्ने यो अलि कताकता तालमेल मिलेको देखिएन । यो कस्तो कुटनीतिक अभ्यास हो, अलि बुझ्न सकिएको छैन । उहाँं आफैले भन्नु भएको छ । म कुनै नयां सम्झौता गर्न गइरहेको छैन । तर जुन तवरले भ्रमण हुन लागेको छ, यसमा प्रशस्त शंका गर्ने स्थान उहांहरुले छोड्नु भएको छ ।
–कान्तिपुर दैनिकमा प्रकाशित पूर्वपरराष्ट्रमन्त्री कमल थापाको अन्तर्वार्ताबाट