प्रचण्डले भारतमा धेरैवटा सम्झौता गर्दैछन्, तर ती सम्झौताहरु के हुन् कसैलाई थाहा छैन
भदौ २७ । प्रधानमन्त्री दाहालले बिहीबार दिल्ली उत्रेलगत्तै राजनीतिक भेटघाट सुरु गर्नेछन् । आएकै दिन उनले भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी, नेसनललिस्ट कांग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी, समाजवादी नेता सुधिन्द्र भदौरियालगायत नेपाल मामिलामा चासो राख्ने नेतासँग भेटघाट गर्नेछन् । लगत्तै भारतका प्रवासी नेपाली समुदायका प्रतिनिधि तथा अगुवासँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । त्यसक्रममा प्रवासी संगठनहरुले नेपालीले भोग्नु परेरका समस्याबारे अवगत गराउँनेछन् ।
भदौ ३१ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग उच्च राजनीतिक भेटघाट गर्नेछन् । सोही दिन नेपाल र भारतबीच विभिन्न दुई पक्षीय सम्झौताहरु हुने कार्यक्रम छ । असोज १ मा चण्डगढमा निर्माणाधीन एक हाइड्रोपावर अवलोकनका लागि दाहाल जाने कार्यक्रम छ । कान्तिपुर दैनिकबाट