राजनीति

यो कुराले पनि चिनियाँ राष्ट्रपति नेपाल नआउने निश्चित भएको जनाउँछ

यो कुराले पनि चिनियाँ राष्ट्रपति नेपाल नआउने निश्चित भएको जनाउँछ

xi-jinping-470x340

भदौ २७ । अर्को महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेइले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् । उनले चिनियाँ राष्ट्रपतलिे छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको पेरिफेरल पोलिसी अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए । मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए । –अन्नपूर्ण पोस्टबाट

विशेष