राजदूत नपाएपछि प्रचण्डकै घर भाँडियो
भदौ २७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै भाई नारायण दाहालले डिनरका लागि भक्तपुरस्थित आफू बसेको घरमा निमन्त्रणा गरे । भाइले नै बोलाएपछि प्रधानमन्त्री प्रचण्ड पनि नपुग्ने कुरै भएन । दाहाल परिवारले सँगै खानपान गरे । बधाई आदानप्रदान भयो, पारिवारित तथा पार्टीगत कुरा पनि सेयर भयो । जे होस्, त्यतिन्जेल सम्बन्ध राम्रै थियो ।
तर, जब सरकारले दुई छिमेकी राष्ट्र चीन र भारतका लागि राजदूत सिफारिस गर्यो त्यसलगत्तै भने दाहाल परिवारमा प्रचण्ड र नाारायणको बोलचाल ठप्प भएको छ । नारायणले चीनको राजदूतमा आफूलाई सिफारिस गर्ने वचन प्रचण्डले दिइसकेको बताउने गरेका थिए । तर अन्तिममा प्रचण्डले भाइ नारायणलाई सोध्दा पनि नसोधी चीनकालागि लिलामणि पौडेलको सिफारिस गरेपछि परिवार नै भाँडिन पुगेको खबर छ । –साँघु साप्ताहिकबाट