समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्ने – नेता खनाल

भदौ - २७ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताएका छन् ।
गृह जिल्ला इलाम हिँडेका नेता खनालले सोमबार प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक सङ्कट फस्ने बताएका हुन् ।
नेता खनालले भने–“समयमै निर्वाचन सम्पन्न गर्न सकेनौँ भने मुलुकमा संविधान कार्यान्वयन गर्ने सिलसिलामा ठूला चुनौती र सङ्कट भोग्नुपर्नेछ ।” उनले मुलुकमा सङ्कट र चुनौती आउन नदिन सम्पूर्ण राजनीतिक शक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।
नेता खनालले अहिलेको गठबन्धन सरकारले निर्वाचन गर्ने र संविधान कार्यान्वयनलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
संविधान कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रतिपक्षमै भए पनि नेकपा (एमाले) प्रतिबद्ध भएर लाग्नेसमेत बताए । रासस
ilam
Jhalanth Khanal
