कला साहित्य

पूर्वप्रधानमन्त्रीद्वारा आँशुको शक्तिको लोकार्पण

पूर्वप्रधानमन्त्रीद्वारा आँशुको शक्तिको लोकार्पण
asuko-shakti भदौ – २७ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा सोमबार ‘आँसुको शक्ति’ नामक पुस्तकको लोकार्पण गरेका छन् । ‘आँसुको शक्ति’ सुनिता दनुवारले लेखेकी हुन् । ओलीले ओकार्पण कार्यक्रममा भने ‘मानिसभित्रको राक्षसी प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ’ । आँशुको शक्ति लेखिकाको आफ्नै भोगाइ रहेको छ । उनले भोगेका दुःख, कष्ट र संघर्षलाई शब्दमा उतार्ने प्रयास गरेकी छन् । कार्यक्रममा पुस्तककी लेखिका सुनिता दनुवारले आफ्नो कथाबाट धेरै दिदीबहिनीलाई जीवन जीउने प्रेरणा मिलोस् र सुरक्षा मिलोस् भनेर किताब निकालेको बताइन् ।

Asuko Shakti KP Sharma Oli

विशेष