तिहारलगत्तै भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने
भदौ २८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तिहारलगत्तै दुई दिने नेपाल भ्रमण गर्ने निश्चितप्रायः भएको छ । स्रोतका अनुसार मुखर्जीले कात्तिक १८ गते देखि नेपालको दुई दिने राजकीय भ्रमण गर्नेछन् । यससम्बन्धी अन्तिम निर्णय भने प्रंधानमन्त्री पुष्पकमल दाहालको बिहीबारदेखि हुन भारत भ्रमणको बेला हुनेछ ।
हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको भेटघाटमा यस विषयमा छलफल भएको थियो । आगामी कात्तिक १६ मा मुखर्जीले नेपाल भ्रमण गर्ने भारत सरकारले प्रस्ताव गरेको भए पनि उक्ता दिन भाइटीका परेकोले दुई दिन सार्ने सहमति भएको उच्च स्रोतले जानकारी दियो । –कान्तिपुर दैनिकबाट