राजनीति

वाइसिएलद्वारा प्रचण्डको प्रस्ताव अस्विकृत, प्रचण्डकै अंगरक्षक रहेका दुलालको लिखित असहमति

वाइसिएलद्वारा प्रचण्डको प्रस्ताव अस्विकृत, प्रचण्डकै अंगरक्षक रहेका दुलालको लिखित असहमति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपबहादुर कुँवरको नेतृत्वमा वासिएल पुर्नगठन गर्ने प्रस्ताव वासिएलले लिखितरुपमै अस्विकृत गरेको छ । वासिएलको पदाधिकारीहरुको विस्तारित बैठकले लिखितरुपमै पार्टी नीति र राष्ट्रिय युवा नीति विपरितको प्रस्ताव मान्न नसकिने निर्णय गरेको हो । पेरिसडाँडामा बसेको बैठकले पार्टीको युवा नीति अनुसार ४० बर्ष भित्रका युवामात्र वासिएलभित्र अटाउन सक्ने भन्दै कुवँरको विपक्षमा निर्णय लिएको हो । कुवँरको उमेर झण्डै पचास पुगेको बताइन्छ । पार्टी एकीकरण हुँदा वासिएलको नेतृत्व नेता रामबहादुर पक्षले लिने सहमति भएको थियो । सोही सहमति अनुसार प्रचण्ड र थापाका बीचमा पूर्व छापामार कमाण्डर नेपबहादुर कुँवरलाई अध्यक्ष बनाउने सहमति भएको थियो । ycel पेरिसडाँडामा बसेको बैठकले लिखितरुपमै नेतृत्वलाई नीतिअनुसारको निर्णय गर्न आग्रह गर्ने निर्णय लिएको महासचिव रामप्रसाद सापकोटाले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । ram-prasad यसअघि प्रचण्डले पार्टीको निर्देशन भन्दै निर्णय मान्न दबाब दिएका थिए । प्रचण्डसँगको छलफलमा अध्यक्ष आरसी शर्मा, उपाध्यक्ष युवराज दुलाल, शिव फुयाँल, महासचिव रामप्रसाद सापकोटालगायतले असहमति जनाएका थिए । उनीहरुको असहमतिका बाबजुत युवा फाँट इन्चार्ज मणि थापाले पार्टीको निर्णय मान्नुपर्ने भन्दै दबाब दिएका थिए । थापाको उपस्थितिमा भएको वाइसिएलका उपलब्ध पदाधिकारीको बैठकमा थापा र वासिएलका पदाधिकारीका बीचमा भनाभन भएको थियो । त्यसपछि पदाधिकारीको विस्तारित बैठक बोलाउन बाध्य भएको एक पदाधिकारीले जानकारी दिए । पार्टी नेताहरु मणि थापा, बर्षमान पुन र हरिबोल गजुरेलको उपस्थित रहेको बैठकमा वाइसिएलका पदाधिकारीले नीतिभन्दा नेताको सहमति ठूलो नहुंने भन्दै प्रतिवाद गरेका थिए । प्रचण्डको अंगरक्षक रहेका दुलालको असहमति वाइसिएलका उपाध्यक्ष समेत रहेका प्रचण्डका पूर्व अंगरक्षक युवराज दुलालले लिखितरुपमै नेताहरुको प्रस्तावको विरोध गरेका छन् । दुलालले पार्टी र संगठनलाई चुस्त बनाउन नीति प्रधान हुनु पर्ने भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनको आलोचनालाई अर्थपूर्णरुपमा लिइएको छ । प्रचण्डसँग निकट रहेको टिमले नै प्रचण्डसहितका नेताहरुले गरेको निर्णयको विरोध गर्नुलाई रामबहादुर थापा पक्षले नेतृत्वको चलखेलका रुपमा अर्थाएको छ । थापा पक्षधर एक केन्द्रीय नेताले भने, ‘हामी यो बिषयमा गम्भीर छौँ । खाश अर्थ बुझ्दै छौँ ।’ वासिएलका एक पदाधिकारीले थापा पक्षको आंशका गलत रहेको बताए । ‘हामी नीति अनुसार चल्छौँ । क्रान्तिकारी चेत भएका हामीले नेताले जे भन्यो त्यही मान्दैनौँ । अध्यक्ष प्रचण्डसँग निकट हुँदाहुँदैपनि विरोधको यो तहसम्म पुग्नु परेकोमा हामी दुःखी छौँ ।’ उनले भने, ‘सिंगो संगठनलाई चिढाउने गरी अध्यक्षले लिएको निर्णय उहाँ स्वंयका लागि पनि हितकर छैन ।’ महासचिव रामप्रसाद सापकोटाले बिधि स्थापित गर्ने बारेमा आफुहरुले बहश गरेको बताए । ‘व्यक्ति को अध्यक्ष बन्ने भन्ने विषय होइन । नेपबहादुरजी आफैंमा सक्षम र इमान्दार योद्धा हो । हाम्रो बहश व्यक्तिमाथि हुँदै होइन । संगठनलाई कस्तो बनाउँने भन्ने हो ।’ सापकोटाले बैठक अघि नेपालआजसँग भनेका थिए । संगठनका उपाध्यक्ष शिव फुँयालले युवाहरुको चेतनालाई चिन्ने विशिष्ट अध्यायको रुपमा वाइसिएल पदाधिकारीको निर्णयलाई लिनुपर्ने बताएका छन् । ‘नेताले जे भन्यो त्यही हुन्छ भन्ने सोचले माओवादी कमजोर भएको हो । हिजो कतिपय अवस्थामा युवाले नेतालाई सर्वोपरि ठान्यौँ । अब नेतापनि नीतिअनुसार चल्नुपर्छ भन्ने सन्देश दिएका छौँ ।’ फुयाँलले भने, ‘संगठनले सर्बसम्मतरुपमा गरेको निर्णयको मर्म बुझ्ने गरी पार्टी र नेताले निर्णय लिनेछन् भन्ने हाम्रो विस्वास हो ।’

Maobadi Parti Karalaya Perish Dada Ycl nepal

विशेष