राजनीति

आचार्यको दाबी तरुणदलको महामन्त्रीमा

आचार्यको दाबी तरुणदलको महामन्त्रीमा

baburam

भदौ २९ । नेपाली कांग्रेको युवा संगठन नेपाल तरुण दलको आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने महाधिवेसनमा युवा नेता बाबुराम आचार्यले महामन्त्रीको घोषणा गरेका छन् । युवा नेता आचार्यले मंगलबार यस्तो घोषणा गरेका हुन् । आचार्यले तरुण दललाई क्रियाशील बनाउन आफ्नो उम्मेदवारी आवश्यक रहेकोले यस्तो घोषणा गरेको बताएका छन् । युवाहरुको भूमिका अझ शसक्त रुपमा आगाडि बढाउदै युवाहरुलाई विकास र प्रगतिको पथमा लैजान युवा जागरण आवश्यक रहेको उनले बताएका छन् ।

आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न आचार्यद्वारा जारी विज्ञप्तिमा युवाहरुका लागि स्वदेशमै स्वरोजगारमूलक अभियान संचालन गर्ने, ब्यावसायिक तालिमको ब्यावस्था गर्न पहल गर्ने, रोजगारका लागी विदेश जाने प्रवृतिलाई निरुत्साहित गर्नेलगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघ हुँदै डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय आचार्य संगठन हाक्न सक्ने क्षमतावान युवा नेताको रुपमा चनिन्छन् । उनी सुनसरीबाट सक्रिय राजनीति गर्दै दरुण दलको महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

विशेष