विचित्र विश्व

श्रीमतीलाई ‘के छ डार्लिङ ?’ भनेर सोध्न श्रीमान्विरुद्ध अदालतको आदेश

श्रीमतीलाई ‘के छ डार्लिङ ?’ भनेर सोध्न श्रीमान्विरुद्ध अदालतको आदेश

अदालतमा सम्बन्ध विक्षेद वा अन्य थुपै्र कारणहरुको वकालत भएको हुन्छ । तर, कहिले काहीँ यी अदालतका आदेश पनि निकै अनौठा भइदिन्छन् ।

यस्तै अनौठो निर्णय भारतको एक अदालतले लिएको छ । रक्सी खाएर श्रीमतीलाई कुट्ने श्रीमान्विरुद्ध घर छिर्ने बित्तिकै मायालु स्वरमा ‘के छ डार्लिङ ?’ भनेर सोध्न आदेश दिएको छ ।

अदालतको यस आदेश पछि लामो समयबाट श्रीमानबाट टाढीएकी भारतको हेमलता नामकी महिला अभिषेक नामक पतिसँग फर्किन राजी भएकी छिन् ।

उनीहरुको सन् २०१३ मा विवाह भएको र विवाहको ६ महिना पछि नै रक्सीको कारण विवाद हुँदै आएको थियो । श्रीमान्ले के छ डार्लिङ भनेर श्रीमतीलाई सोधे उनीहरु बीचको सम्बन्ध सुध्रिने अदालतको विश्वास रहेको छ ।

India

विशेष