कला साहित्य

सुमार्गीको पुस्तक विमोचन

सुमार्गीको पुस्तक विमोचन
भदौ – २९ । चौध वर्षको उमेरमा बाबु गुमाएका अजेयराज सुमार्गी मुलुकका सफल उद्यमी एवम् व्यवसायीका रुपमा कसरी स्थापित भएभन्ने रोचक र वास्तविक जीवनगाथा बजारमा आएको छ । ajay-sumargi-book-lunch-copy अजेयराजका जीवनका आरोह–अवरोह र जीवन संर्घष समेटेर उनका भाइ अरुणराज सुमार्गी र निर्मल थापाले लेखेको ‘सुमार्गी’ पुस्तकको उनकी आमा विश्वकान्ति कलावती सुमार्गी र अजेयराज स्वयम्ले बुधबार आयोजित एक कार्यक्रममा विमोचन गरे। सांसद, भारतीय जनता पार्टीका नेता विजय जोली र स्वामी कमलनयनाचार्यलगायत मुलुकका प्रतिष्ठित उद्योगपति एवम् समाजसेवीको उपस्थितिमा विमोचन गरिएको उक्त पुस्तकमा सुमार्गीका बारेमा कीर्तिनिधि विष्टलगायतका व्यक्तित्वका भनाइ समेटिएको छ । योगी नरहरि नाथ, डा के आई सिंह, रुपचन्द विष्टलगायतको सान्निध्य र मार्ग निर्देशमा अजेयराजले हासिल गरेका सफलता र त्यस निम्ति उनले गरेको संर्घष पुस्तक विस्तारमा उल्लेख गरिएको छ । सो पुस्तकको स्वामी विवेकानन्द, अनिलकेशरी शाहलगायतले समीक्षा गरेका थिए। उद्यमी सुमार्गीले युवा पुस्ता मिहिनेत र निष्ठाका साथ कर्मक्षेत्रमा लाग्नुपर्ने धारणा राखे ।

Ajaya Sumargi Sumargi-book

विशेष