विचित्र विश्व

२७ वर्षीय मोनिकाको तौल ३ सय १७ केजी, प्रेमीको कामै खाना खुवाउने

२७ वर्षीय मोनिकाको तौल ३ सय १७ केजी, प्रेमीको कामै खाना खुवाउने

monika भदौ ३० ।  अमेरिकाको टेक्सास निवासी मोनिका रिलेको तौल ३ सय १७ केजी रहेको छ । उनको उमेर २७ वर्ष रहेको छ । उनी यस्तो मोटोपनाको बाबजुद पनि मोडलिङमा आबद्ध छिन् । उनलाई मोटाउन अझै पुगेको छैन् । उनको इच्छा भनेको संसारको मोटी महिला बन्ने रहेको छ ।

mm

उनको लक्ष्य मोटाएर चार सय केजीसम्म पुग्ने र ओछ्यान नै छोड्न नसक्ने गरी मोटाउने र कीर्तिमान राख्ने रहेको छ । उनको पेट ९१ इन्चको रहेको छ । उनले गत वर्ष मोटोपन घटाउन सर्जरी गर्ने तयारी गरेपनि उनले सर्जरी गराइनन् । उनले फेरी मोटाउन निधो गरिन् ।

मोनिकाले एक दिनमाछ छ ओटा बिस्कुट, ब्रेडमा छ ओटा रोल गरिएका छ ओटा ससेज,चारओटा चिकन स्यान्डविच, डबल साइजका चार ओटा चिज बर्गर, एक ठूलो थाल फ्रेन्फ्राइज, ३० पिस कुखुराको मासु,एक थाल माकारोनी चिज,दुई ठूलो ग्लासको गुलियो पेय र एक ग्यालन आइसक्रिम खाने गरेकी छिन् ।

उनलाई खाना बनाएर खुवाउने काम मोनिकाको प्रेमी सिड रिलेले गर्ने गर्दछन् । प्रेमिकाको मोटाएर विश्व कीर्तिमान राख्ने सपना जसरी भएपनि पूरा गराएर छोड्ने उनको धोको तथा अठोट रहेको छ । उनी दिनरात आफनी पे्रमिकालाई खाना बनाएर खुवाउने काममा व्यस्त रहेका छन् ।

Monika Relay

विशेष