क्रान्तिकारीद्वारा पुर्वाञ्चल विश्वविद्यालयमा आन्दोलनको घोषणा

भदौ ३० । अखिल(क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालय समितिले २० सुत्रीय माग राख्दै विश्वविद्यालय प्रशासनलाई माग पूरा गर्न सात दिनको अल्ठिमेटम दिएको छ । क्रान्तिकारीले गोठगांउमा तत्काल मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायतका २० सुत्रीय माग पेश गरेको हो ।
क्रान्तिकारीले विराटनगर स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति प्रा.डा.घनश्यामलाल दासलाई ज्ञापनपत्र बुझाएको छ । साथै सातदिन भित्र ठोस वार्ता गरि सार्थक परिणाम ननिकालिए विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएको छ ।
अखिल(क्रान्तिकारी)का उपाध्यक्ष एवं पुर्वाञ्चल विश्वविद्यालयका इन्चार्ज मदन चुडालका अनुसार ज्ञापनपत्रमा आधारभुत पुर्वाधार खडा भैसकेकाले गोठगांउमा अविलम्ब मेडिकल कलेज खोलिनुपर्ने, आफ्ना आङ्गिक क्याम्पस विस्तार गरिनुपर्ने, ऐन संशोधन गरि आफ्नो केन्द्रीय कार्यालय अविलम्ब गोठगाउंमा सार्नुपर्ने, स्ववियु निर्वाचन घोषणा गरिनुपर्ने लगायतका माग रहेका छन्
आफ्ना माग सम्बोधन नगरी सिनेटको वैठक वसिए मुठभेडको स्थिति आउने चेतावनी क्रान्तिकारीले दिएको छ ।
Akhil Krantikari
Purbanchal University
