विचित्र विश्व

फेसबुकमा फोटो अपलोड गरिदिएको भन्दै आमाबुवाविरुद्ध मुद्दा दायर

फेसबुकमा फोटो अपलोड गरिदिएको भन्दै आमाबुवाविरुद्ध मुद्दा दायर
भदौ–३० । फेसबुक एक सामाजिक सञ्जाल जहाँ कोहीले पनि आफ्नो शब्द, तस्बिर, दृश्य मार्फत भावना र विचार साट्छन् । facebook- आफूले बिताएका वा आफ्ना परिवारको विभिन्न समयका घटनालाई फोटो खिचेर फेसबुकमा शेयर गर्ने पनि गरिन्छ । आफ्नो बाल्यकालको फोटो पनि शेयर गरिन्छ वा आफ्ना छोराछोरीको पनि राख्ने गरिन्छ । जुन साथीभाइले देख्न नै सक्छन् साथै ती फोटोसँग जोडिएको पललाई सुरक्षित राख्न पनि सकिन्छ । तर अष्ट्रियामा भने निकै अनौठो घटना घटेको छ । १८ वर्षकी एक युवतीले आमाबुवाले आफ्नो बच्चा बेलाको फोटो फेसबुकमा शेयर गरिदिएर मानहानी गरेको भन्दै आफ्नै आमाबुवा विरुद्ध मुद्दा हाल्न लागेकि छिन् । उनी सानो रहँदा लुगा नलगाइ सुतिरहेको, दिसा गरिरहेकोलगायत ५ सयभन्दा बढी फोटो फेसबुकमा पोष्ट गरेपछि उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् । आमाबुवाको यो गतिविधिले आफ्नो मानहानी भएको, साथीहरुमाझ लज्जित बनाएको साथै व्यक्तिगत स्वतन्त्रता हनन भएको उनको भनाइ छ ।

Facebook

विशेष