राजनीति

नेपाल र भारतबीच यस्ता भए सम्झौता

नेपाल र भारतबीच यस्ता भए सम्झौता

 भदौ – ३१ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटका क्रममा तीनवटा सम्झौता भएका छन् ।

नेपाल र भारतबीच भएका सम्झौता:  

► हुलाकी राजमार्गको प्रोजेक्टम्मयानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस विषयलाई उल्लेख गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बतनाएका छन् ।

► गत वर्ष २०७२ वैशाखा १२ गते गएको भुकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतपूर्ण क्रण सम्बन्धी सम्झौता रहेको छ ।

► भुकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतपूर्ण लागि ७५० मिलियन डलर सहुलियत पूर्ण क्रणदिने सम्झौता भएको छ ।

सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले शान्ति, स्थिरिता र आर्थिक विकास दुवै देशको साझा उद्देश्य रहेको उल्लेख गरेका थिए । उनले भने ‘सबै खालका विविधतालाई सम्बोधन हुने गरी समावेशी खालको संविधानको कार्यान्वयन हुने अपेक्षा लिएको छु ।’ यसका साथै उनले भने,‘प्रचण्डले नेपाल शान्तिका लागि एक शक्तिको भूमिका खेलेका छन् । म तपाईँको नेतृत्व अन्तर्गत नेपालले सफलतापूर्वक समावेशी संवाद मार्फत संविधान, आफ्नो विविध समाजको सबै खण्डहरुको आकांक्षाहरुले पुर्ण लागू हुनेछ भन्ने कुरामा विश्वस्त छु ।’ प्रधानमन्त्री प्रचण्डले मन्तव्य क्रममा भारतीय प्रधानमन्त्री मोदीको मन्तव्यलाई धन्यवाद दिँदै अब दुबै देशको सहयोग र सम्बन्धमा मुख्य भूमिका खेल्नु पर्ने बताए । उनले संविधान निर्माण ठुलोे उपलब्धी भएको उल्लेख गर्दै आफ्नो सरकारले सबैलाई समेटेर संविधानको कार्यान्वयन गर्न चाहेको उल्लेख गरेका थिए । प्रधानमन्त्री प्रचण्डको जन्म गाउँ कास्कीको ढीकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्यूट बनाउने, बिशखपाटनलगायतका ट्रान्जिट रुट खोल्ने सम्बन्धमा यसअघिको सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्न गृहकार्य अघि बढाउने, पञ्चेश्वरको डीपीआरलाई अन्तिम रुप दिनेलगायतका सहमती भएका छन् । पञ्चेश्वर प्राधिकरणले तयारी बैठकहरु गरेपनि धेरै विषयहरु टुङ्गो लाग्न बाँकी रहेकोले पञ्चेश्वर डीपीआरलाई अन्तिम रुप दिन नसकिएको बताइएको छ । त्यसैगरी नेपालले विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट एयर रुट माग गरेको थियो । हाल भैरहावाबाट मात्र एयर रुट रहेको छ । यस सम्बन्धमा पनि थप छलफल गर्दै जाने सहमति भएको छ ।

nepal bharat samjhauta pm narendra modi pm pushpa kamal dahal prachanda

विशेष