विचित्र विश्व

कपडा लगाउन मनाही गरिएको गाउँ

कपडा लगाउन मनाही गरिएको गाउँ
तपाईलाई अचम्म लाग्यो होला तर अचम्म नमान्नुहोस किनकी यो यस्तो गाउँ हो जहाँ तपाईहरुले कपडा लगाएर जानुभयो भने त्यहा तपाईले प्रवेश पाउनु हुदैन् । त्यहाँ जानको लागि तपाईले लगाएको कपडा पनि फकाल्नु पर्ने हुन्छ । naked ब्रिटेनको हर्टफोर्डशायरमा एउटा सानो गाउँ रहेको छ । यस गाउँको नाम ‘स्पीलप्लाटज’ रहेको छ । यहाँ सबै मानिसहरु बिना कपडा बस्ने गर्दछन् । यहाँका मानिस मात्र नभएर घुम्न आउने मानिसले पनि यस नियमको पालना गर्नुपर्ने हुन्छ । यस गाउँमा महिला होस या पुरुष कसैलाई पनि कपडा लगाउने अनुमति छैन् । दुनियाको सबै मानिसहरुको खानपान रहनसहन पोसाक फरक फरक हुने गर्दछ । मानिसहरुको पोसाकले पनि कुन मानिस कहाँको हो भनेर अन्दाज लगाउन सकिन्छ । तर ब्रिटेनको यस गाउँमा मानिस कपडा लगाउदैनन् बरु उनीहरु निर्वस्त्र रहन मन पराउछन् । यसको मतलब यहाँका मानिस गरिब भएर कपडा किनेर लाउन नसकेको पनि होइन् । यि मानिसहरुमा कुनै चिजको पनि कमी छैन् । यिनिहरुको गाउँमा सम्पूर्ण सुविधा उपलब्ध रहेको छ । त्यो पनि आधुनिक जीवनशैलीको साथमा । यस गाउँमा लगभग ८५ वर्ष देखी मानिसहरु निर्वस्त्र रहेका छन् । चाहे ति महिला हुन् या पुरुष । आखिर यि मानिसहरु किन यस्तो गर्ने गर्दछन् त । यि मानिसहरु प्रकृतिको नजिक बस्ने गर्दछन् र प्रकृतिको लागि नै यसरी बस्ने गरेको उनीहरुको दाबी रहेको छ । उनीहरु प्रकृतिको नजिक बस्न मन पराउछन् । त्यसै कारण उनीहरु निर्वस्त्र बस्दछन् । खास कुरा के हो भने यहा आउने पर्यटकहरु केही दिनको लागि भाडामा घर लिएर बस्नु पर्याे भने पनि निर्वस्त्र नै बस्नु पर्ने हुन्छ । यस गाउँमा बसोबास गर्ने मानिसहरु धनी समेत रहेका छन् । उनीहरुको साथमा गाडी,बङ्गला,स्वीमिङ पूल समेत रहेका छन् । यस गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले खोजी गरेका । तब त्यहाका मानिसहरुले यो फैसला गरेका थिए कि उनीहरु प्रकृतिको नजिक बिलकुल प्राकृतिक रुपले बस्ने छौँ । यहाँका मानिसहरुमा जाडो महिनामा कपडा लाउन भने अनुमति रहेको छ । जब ति मानिसलाई कपडा लगाउने इच्छा छ उनीहरु कपडा लाउन सक्छन् ।

Body Naked

विशेष