बिजेपी बरिष्ठ नेताले खोले मोदी मन, ‘दिल्लीमा १२ बुँदे गर्न हुँने, संविधान संशोधन गर्न नहुँने ? फाष्ट ट्रयाक भारतलाई नै दिनुपर्ने’
भारतीय जनता पार्टीका बरिष्ठ नेता एंव प्रधानमन्त्री नरेन्द्र मोदीका निकटवर्ती विजय जोलीले नेपालको संविधान संशोधनका बारेमा दिल्लीमा भइरहेको छलफल सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डको दिल्ली यात्राका क्रममा नेपालको संविधान संशोधनका बारेमा भइरहेको छलफल निष्कर्ष उन्मुख रहेको जोलीले खुलासा गरेका हुन् । व्यापारी अजयराज सुमार्गीको जीबनगाथा बिमोचनका लागि काठमाडौं आएका जोलीले प्रधानमन्त्री प्रचण्डले परिस्थिति बुझेको बताए ।
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा जोलीले दिल्लीमा १२ बुँदे सम्झौता गर्न हुँने, संविधान संशोधनका बारेमा छलफल गर्न नहुँने भन्दै प्रतिप्रश्न गरेका थिए । नेपालले कास्मिर, गुजरात र गोर्खाल्याण्डजस्ता भारतका आन्तरिक मामिलामा चासो राख्दैन, तपाईहरु नेपालको आन्तरिक मामिलामा किन हस्तक्षेप गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा जोलीले १२ बुँदे भारतका कारण सम्भव भएको जवाफ फर्काएका हुन् । उनले १२ बुँदे सम्झौता भारत सरकारका कारण सम्भव भएको जिकिर गर्दै सो सम्झौताका कारण नेपालमा शान्ति र संविधानको यात्रा तय भएको जनाए ।
फाष्ट ट्रयाक भारतलाई
बिजेपीका बरिष्ठ नेता बिजय जोलीले फाष्ट ट्रयाक भा
रतलाई बनाउन दिनुपर्ने दाबी गरे । दिल्लीको फाष्ट ट्रयाक जापानले बनाउँछ, नेपालको फाष्ट ट्रयाक बनाउँन भारतलाई किन दिने भन्ने प्रश्नमा जोली अलमलिएका थिए । उनले नेपालको भुगोल र मनोविज्ञान भारतले बुझेको भन्दै भारतले नै बनाउँन पाउनुपर्नेमा जोड दिए । नेपालले यसका बारेमा स्वतन्त्ररुपमा निर्णय गर्न सक्ने र सो निर्णय आफुहरुलाई स्विकार्य रहेको उनको भनाइ थियो ।
नेपाल हिन्दु राष्ट्र होस्
हिन्दुवादी नेता जोलीले नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको स्पष्ट गरे । उनले नेपालमा ९० प्रतिसत जनता हिन्दु भएकाले हिन्दु राज्य स्वभाविक रहेको दाबी गरे । उनले नेपालमा धर्म परिवर्तन डरलाग्दो रुपमा भइरहेको भन्दै चिन्ता व्यक्त गरे । गरिवी र पछिल्लो परिस्थितिको फाइदा उठाएर धर्म परिवर्तन गराइएको भन्दै उनले यसका बारेमा बोल्ने आफुहरुको अधिकार रहेको बताए । भारतमा ९० प्रतिसत हिन्दु भएकाले भारतलाई नै हिन्दु राज्य बनाए हुन्छ नि भन्ने प्रश्नको जवाफमा जोलीले भने, ‘भारत सधैं धर्म निरपेक्ष रह्यो । नेपाल त हिन्दु राष्ट्र थियो । किन परिवर्तन गरियो ?’
बाँधका बारेमा छलफल जायज
भारतीय प्रधानमन्त्रीको दल बिजेपीका बरिष्ठ नेता जोलीले नेपाल पक्षले सीमा क्षेत्रमा बनाइएका बाँधका बारेमा भारतसँग कुरा उठाएमा विवाद हल हुंने बताए । भारतीय पक्षबाट निर्मित महलीसागर बाँध (कपिलवस्तुको सीमा क्षेत्र) र कलकलवा तटबन्ध (बाँकेको सीमा) लगायतका सीमावर्ती संरचनाका कारण नेपाल पीडित भएको प्रसंगमा उनले मुद्धा जायज भएको प्रस्टिकरण दिए । नेपाली पक्षले कुरा उठाएमा भारतले संवेदनशील रुपमा विषयलाई ग्रहण गर्ने उनको भनाइ थियो ।
सीमा मिचिइएको थाहा छैन
अन्तरवार्ताका क्रममा बिजेपी नेता जोलीले भारत नेपालको असल मित्र रहेको दाबी गरेका थिए । असल मित्रले नेपालको कालापानी, सुस्ता, लिपुलेकलगायतका ६० हजार ६०० हेक्टर जमिनमा किन आँखा गाडेको भनि पत्रकार नारायण पौडेलले प्रश्न गरेका थिए । सो बारेमा आफुलाई थाहा नभएको जोलीको प्रतिक्रिया थियो । नेपाली मन्त्रीले यसका बारेमा जवाफ दिन सक्ने भन्दै जोली उम्किएका थिए ।
नमागिएको सल्लाह भारत किन दिन्छ
बिजेपी नेता जोलीले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगरेको पटकपटक प्रस्टिकरण दिएका थिए । संविधानका बारेमा भारतले सुझाबमात्र दिएको हस्तक्षेप नगरेको उनको भनाइ थियो । भारतीय विदेश सचिव जयशंकर संविधान जारी भएपछिका सम्भावित परिस्थितिका बारेमा अवगत गराउँन आएको उनको प्रष्टिकरण थियो । ‘सल्लाह त मागेपछि दिने की जबरजस्ती दिने, जयशंकर नबोलाइ किन आए ?’ भन्ने प्रश्नको जवाफमा जोलीले भने, ‘असल नियतले सल्लाह दिन ।’
[embed][/embed]
bjp politician bijaya jolly
india in nepal
Indian Embassy Nepal
Indian Politician