राजनीति

बिजेपीका बरिष्ठ नेता जोलीले खोले मोदी-मन

बिजेपीका बरिष्ठ नेता जोलीले खोले मोदी-मन
jolly-politician-nepalaaja भारतीय जनता पार्टीका बरिष्ठ नेता एंव प्रधानमन्त्री नरेन्द्र मोदीका निकटवर्ती विजय जोलीले नेपालको संविधान संशोधनका बारेमा दिल्लीमा भइरहेको छलफल सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डको दिल्ली यात्राका क्रममा नेपालको संविधान संशोधनका बारेमा भइरहेको छलफल निष्कर्ष उन्मुख रहेको जोलीले खुलासा गरेका हुन् । व्यापारी अजयराज सुमार्गीको जीबनगाथा बिमोचनका लागि काठमाडौं आएका जोलीले प्रधानमन्त्री प्रचण्डले परिस्थिति बुझेको बताए । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा जोलीले दिल्लीमा १२ बुँदे सम्झौता गर्न हुँने, संविधान संशोधनका बारेमा छलफल गर्न नहुँने भन्दै प्रतिप्रश्न गरेका थिए । नेपालले कास्मिर, गुजरात र गोर्खाल्याण्डजस्ता भारतका आन्तरिक मामिलामा चासो राख्दैन, तपाईहरु नेपालको आन्तरिक मामिलामा किन हस्तक्षेप गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा जोलीले १२ बुँदे भारतका कारण सम्भव भएको जवाफ फर्काएका हुन् । उनले १२ बुँदे सम्झौता भारत सरकारका कारण सम्भव भएको जिकिर गर्दै सो सम्झौताका कारण नेपालमा शान्ति र संविधानको यात्रा तय भएको जनाए । फाष्ट ट्रयाक भारतलाई बिजेपीका बरिष्ठ नेता बिजय जोलीले फाष्ट ट्रयाक भा रतलाई बनाउन दिनुपर्ने दाबी गरे । दिल्लीको फाष्ट ट्रयाक जापानले बनाउँछ, नेपालको फाष्ट ट्रयाक बनाउँन भारतलाई किन दिने भन्ने प्रश्नमा जोली अलमलिएका थिए । उनले नेपालको भुगोल र मनोविज्ञान भारतले बुझेको भन्दै भारतले नै बनाउँन पाउनुपर्नेमा जोड दिए । नेपालले यसका बारेमा स्वतन्त्ररुपमा निर्णय गर्न सक्ने र सो निर्णय आफुहरुलाई स्विकार्य रहेको उनको भनाइ थियो । नेपाल हिन्दु राष्ट्र होस् हिन्दुवादी नेता जोलीले नेपाल हिन्दु राज्य भएको हेर्न चा हेको स्पष्ट गरे । उनले नेपालमा ९० प्रतिसत जनता हिन्दु भएकाले हिन्दु राज्य स्वभाविक रहेको दाबी गरे । उनले नेपालमा धर्म परिवर्तन डरलाग्दो रुपमा भइरहेको भन्दै चिन्ता व्यक्त गरे । गरिवी र पछिल्लो परिस्थितिको फाइदा उठाएर धर्म परिवर्तन गराइएको भन्दै उनले यसका बारेमा बोल्ने आफुहरुको अधिकार रहेको बताए । भारतमा ९० प्रतिसत हिन्दु भएकाले भारतलाई नै हिन्दु राज्य बनाए हुन्छ नि भन्ने प्रश्नको जवाफमा जोलीले भने, ‘भारत सधैं धर्म निरपेक्ष रह्यो । नेपाल त हिन्दु राष्ट्र थियो । किन परिवर्तन गरियो ?’ बाँधका बारेमा छलफल जायज भारतीय प्रधानमन्त्रीको दल बिजेपीका बरिष्ठ नेता जोलीले नेपाल पक्षले सीमा क्षेत्रमा बनाइएका बाँधका बारेमा भारतसँग कुरा उठाएमा विवाद हल हुंने बताए । भारतीय पक्षबाट निर्मित महलीसागर बाँध (कपिलवस्तुको सीमा क्षेत्र) र कलकलवा तटबन्ध (बाँकेको सीमा) लगायतका सीमावर्ती संरचनाका कारण नेपाल पीडित भएको प्रसंगमा उनले मुद्धा जायज भएको प्रस्टिकरण दिए । नेपाली पक्षले कुरा उठाएमा भारतले संवेदनशील रुपमा विषयलाई ग्रहण गर्ने उनको भनाइ थियो । सीमा मिचिइएको थाहा छैन  अन्तरवार्ताका क्रममा बिजेपी नेता जोलीले भारत नेपालको असल मित्र रहेको दाबी गरेका थिए । असल मित्रले नेपालको कालापानी, सुस्ता, लिपुलेकलगायतका ६० हजार ६०० हेक्टर जमिनमा किन आँखा गाडेको भनि पत्रकार नारायण पौडेलले प्रश्न गरेका थिए । सो बारेमा आफुलाई थाहा नभएको जोलीको प्रतिक्रिया थियो । नेपाली मन्त्रीले यसका बारेमा जवाफ दिन सक्ने भन्दै जोली उम्किएका थिए । नमागिएको सल्लाह भारत किन दिन्छ बिजेपी नेता जोलीले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगरेको पटकपटक प्रस्टिकरण दिएका थिए । संविधानका बारेमा भारतले सुझाबमात्र दिएको हस्तक्षेप नगरेको उनको भनाइ थियो । भारतीय विदेश सचिव जयशंकर संविधान जारी भएपछिका सम्भावित परिस्थितिका बारेमा अवगत गराउँन आएको उनको प्रष्टिकरण थियो । ‘सल्लाह त मागेपछि दिने की जबरजस्ती दिने, जयशंकर नबोलाइ किन आए ?’ भन्ने प्रश्नको जवाफमा जोलीले भने, ‘असल नियतले सल्लाह दिन ।’

bjp leader bijay bjp politician bijaya jolly india in nepal joly bjp Nepal India Relationship

विशेष