राजनीति

अख्तियारले भ्रष्टाचारको फाइल खोलेपछि माओवादी केन्द्रमा भूकम्प

अख्तियारले भ्रष्टाचारको फाइल खोलेपछि माओवादी केन्द्रमा भूकम्प

prachanda-and-barshaman

असोज २ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ ।

अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुरको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरुलाई ३० दिनभित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरुले त्यस्तो आरोप लगाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारे छानबिन अघि बढाएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर ल्याउने बताएको थियो ।

‘यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो । यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरुरी छैन । यसलाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गर्न खोजिँदैछ । ’माओवादी केन्द्रका नेता वर्षमान पुनले भने । –अन्नपूर्ण पोस्ट्बाट

विशेष