राजनीति

टिकापुरमा नौ प्रहरीको एक चिहान बनाएको घटनालाई सरकारले पुण्यको काम घोषणा गर्दै

टिकापुरमा नौ प्रहरीको एक चिहान बनाएको घटनालाई सरकारले पुण्यको काम घोषणा गर्दै

असोज २ । सरकारले टीकापुरमा नौ प्रहरीको हत्यासहित गर्त वर्षका संविधानविरोधी हिंसात्मक आन्दोलनका क्रममा मधेसी मोर्चा नेता तथा कार्यकर्ताविरुद्ध दायर गरेका सबै मुद्धा फिर्ता लिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले यो प्रक्रिया आगामी दुईसाताभित्रै पूरा हुने घोषणा गरेका छन् । यसअघि प्रहरी प्रमुखले एसएसपी लगायत नौजना प्रहरीका हत्याराहरुविरुद्धको मुद्धा फिर्ता लिँदा संस्थाको मनोबल गिर्छ भनी लिएको अडानलाई गृहमन्त्रीको घोषणाले निस्तेज पारिदिएको छ ।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी समालेका निधिले शनिबार पत्रकार सम्मेलन गरी मोर्चाका कार्यकर्तामाथि लागेको मुद्धा फिर्ता लिने जानकारी दिएका हुन् । –अन्नपूर्ण पोस्ट्बाट

विशेष