नेपालको संविधान स्वागत नगर्ने भारतको कुटिल चालबारे प्रचण्डले उत्तर दिएनन्
भदौ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सम्पूर्णरुपमा सफल भएको र यसले दुई देशबीचमा विश्वासको नयाँ आधार बनाएको बताएका छन् । उनले मधेसका समस्या नेपालको आन्तरिक मामिला भएको र आफूले मधेसको विषयलार्य कहिल्यै पनि भारतसँग नजोडेको उल्लेख गरे ।
भारत भ्रमण सकेर स्वदेश फर्कनु अघिल्लो दिन यहाँ पत्रकार सम्मेलन गदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियामा जस्तै संविधान कार्यान्वयनमा पनि भारतको सद्भाव र सहयोग जारी रहनुपर्ने पनि बताए । उनले संविधानको स्वागतका लागि नेपाललाई भारतलाई आग्रह गरेको र भारत त्यसमा तयार नदेखिएकोबारे सोधिएको प्रश्नमा भने प्रतिक्रिया दिन मानेनन् । –कान्तिपुर दैनिकबाट