मधेसी मोर्चा विभाजित, विरोध कार्यक्रम नै बेग्लाबेग्लै
असोज ३ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आन्तरिक विवाद चुलिएको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पहलमा आदिवासी, जनजाति र थारु सम्मिलित संघीय गठबन्धन बनाएदेखि नै चिसिएको नेताहरुको सम्बन्ध विस्तारै छरपस्ट हुँदै गइरहेको छ । संविधानमा आफ्ना माग सम्बाधेन नगरेको भन्दै गत वर्षदेखि नै विरोधमा रहेका मधेसवादी दलले असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरेका पनि विरोध कार्यक्रम भने फरक फरक स्थानमा गर्ने तय गरेका छन् ।
संविधानसँग जोडिएका हरेक विरोध कार्यक्रम सामूहिक रुपमा गर्दैै आएका उनीहरुले सोमबारको विरोध कार्यक्रम छुट्टाछुट्टै मनाउन तय गरेका हुन् । मोर्चाका संयोजक उपेन्द्र यादवकोसहित तीन दलले रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम गर्ने जनाएका छन् भने मोर्चाआवद्ध अन्य चार दलको विरोध कार्यक्रम माइतीघरमण्डलामा राखिएको छ । –नागरिक दैनिकबाट