प्रचण्डले भारतमा लगाएर आएको कलंकको टीका राष्ट्रले बोक्दैन– ओली
असोज ३ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा गरिएका सम्झौता अस्वीकार्य हुने बताएका छन् । ‘ती सम्झौताको भारी बोक्न नेपाल तयार छैन ।’ओलीले भने ‘त्यो नेपालले मान्दैन ।’
एमालेको प्रदेश नम्बर ४ स्थरीय पहिलो बैठक उद्घाटनपछि पोखरामा ओलीले दाहाल कलंकको कालो टीका लगाएर भारत भ्रमणबाट फर्किएको आरोप लगाए । उनले भने, ‘उहाँले हिंसा पनि बोक्नुभयो, आतंक पनि बोक्नु भयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनु भएको छ । तर नेपाल त्यस्ता कुरा बोक्दैन । हामीलाई त्यो स्वीकार्य छैन । ’ अन्नपूर्ण पोस्ट्बाट