राजनीति

संविधान दिवसमा एमालेको -याली

संविधान दिवसमा एमालेको -याली
असोज ३ । नेकपा (एमाले)ले प्रथम संविधान दिवसका अवसरमा सोमबार झाँकीसहित ¥यालीको आयोजना गरेको छ । संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा कार्यक्रम आयोजना गरेको हो । uml -यालीमा सहभागीले एमालेको झन्डाका साथै राष्ट्रिय झन्डा पनि प्रदर्शन गरेका छन् । संविधान दिवसका अवसरमा कार्यकर्ता र शुभेच्छुकलाई परिचालन गरी एमालेले रत्नपार्कबाट सुरु गरेको -याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै केहीबेरमा वसन्तपुरमा पुगी सभामा परिणत हुनेछ । सभामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । एमालेद्वारा शान्तिवाटिकामा भेला जम्मा भई भोटाहिटी,असन, ईन्द्रचोक हुदै बसन्तपुर पुगी कोणसभा गर्ने कार्यक्रम रहेकोले भोटाहिटी, असन, ईन्द्रचोक आसपास भएर चल्ने सवारी साधनको आवागमन प्रभावीत हुने ट्राफिक प्रहरीले जनाएको छ ।

UML

विशेष