राजनीति

युवा संघद्वारा प्रधानमन्त्रीको राजीनामा माग

युवा संघद्वारा प्रधानमन्त्रीको राजीनामा माग
असोज–३ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै संघले राजीनामा माग गरेको हो । yuva-sangh-logo-700-635x355 संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच भएको २५ बुँदे सम्झौताको १० नम्बर बुँदामा नेपालको संविधानको बारेमा भारतको चासो उल्लेख भएकोे बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताउँदै भारत भ्रमण पूर्ण असफल, दलाली र आत्मसमर्पणको पराकाष्ठ भएको आरोप लगाए । प्रधानमन्त्रीले भारत भ्रमणमा देश र जनताको हित विपरीत सम्झौता गरेको भन्दै सुगौली सन्धीलगायतको विषयमा कुनै शब्द उच्चारण नगरेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा मागेका हुन् । चीनसँग भएको ऐतिहासिक सम्झौताहरुलाई वेवास्ता गर्दे सिंगो देश र जनताप्रति गद्धारी गरेको आरोपसमेत लगाएका छन् । राज्यसत्ताको दुरुपयोग गर्दे यस विषयमा गलत ढङ्गले अगाडि बढ्न खोजे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । उनीहरुले टिकापुर घटनाका दोषीलाई आम माफि दिने गृहमन्त्रीको अभिव्यक्तिले मुलुकमा दण्डहिनतालाई प्रश्रय दिएको भन्दै अभिव्यक्ति फिर्ता लिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

yuwa sang nepal

विशेष