‘नेपाल–भारत सम्झौता मुलुकको हित विपरीत’

असाेज - ३ । एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा रहँदा मुलुकको हितविपरीत सम्झौता गरेको आरोप लगाएको छ ।
साेमबार पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएको २५ बुँदे सम्झौताको १० नं बुँदामा नेपालको संविधानका बारेमा भारतको चासो रहेको उल्लेख गरेको बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताए ।
उनले भने, “नेपालको राजनीतिक विषय नेपालमै समाधान गर्नुपर्छ ।” पहारीले प्रधानमन्त्री दाहालले चीनसँग भएको ऐतिहासिक सम्झौतालाई बेवास्ता गर्दै सिङ्गो देश र जनताप्रति धोका दिएको अाराेप लगाए । उनले आफ्नै पार्टी सम्मिलित अघिल्लो सरकारले स्वदेशी लगानीबाटै हुलाकी मार्ग बनाउने प्रस्ताव गरे पनि दाहालले हुलाकी मार्ग निर्माणको जिम्मा भारतलाई दिएको भन्दै आपत्ति व्यक्त जनाए।
उनले टीकापुर घटनाका दोषीलाई आम माफी दिने गृहमन्त्रीको अभिव्यक्तिले मुलुकमा दण्डहीनतालाई प्रश्रय दिएको भन्दै अभिव्यक्ति फिर्ता लिन र दोषीलाई कारबाही गर्न माग गरे।
यस्तै दसैँ, तिहार, छठलगायत चाडमा देखिने कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गरेर सहज र सुलभ आपूर्तिको व्यवस्था गर्न सङ्घले मागसमेत गरेको छ । रासस
Rajib Pahari
yuwa sang nepal
